Skip to main content

Posts

Showing posts from June, 2021

NEPSE Investing Guide for Beginners | All About Primary Market and IPO

This is Part 1 of the NEPSE beginners guide series. The series is aimed to help new investors to learn the basics of investing in Nepal's capital market.  Part 1 of this series revolves around the primary market. Part 2 discusses the secondary market in detail. Primary Market Before CDSC launched MeroShare, the process to  buy any  Initial Public Offering(IPO)  was by buying the application form from the company's capital or company and submitting it through the designated offices within the stipulated time with the required information.  Though only a few people were aware of this, there used to be a long line of people, after getting their turn waiting for hours in the queue, it was customary to submit a form by depositing a Cheque or amount equal to the amount one applied for. After accepting the form, Capital would send a slip, in which the serial number and all the details of the application were included. It was a long time-consuming and out...

Should I Take a Loan to Invest in This Lucrative Bull Market?

  Hari Khatri "Be careful playing with fire. You may end up cooking a meal or burning a house." Are you investing in credit? Did you prepare for the risks associated with it? Can you handle your day-to-day activities if your prediction turns sour? Borrowed money to invest in stocks is called leverage or simply investing on margin or loan. Personally, I am not in the favor of investing in loans and I highly recommend retail investors to invest with their own savings only. In the market, if the right equities are chosen at the right time and at the right price, it may result in multi-bagger returns in a period of time. So, if invested by taking a loan, one may get a higher profit on the same percentage gain of stocks. But, if equities and the market cannot perform according to the prediction, investing on margin may take away a huge chunk of your wealth, some of which you were expected to pay back to your lender. So, here are some tips if you are investing in loans: i. Investin...

लगानीकर्ताबाट दुईथरी पूँजीगत लाभकर उठाउनु कति ठिक कति बेठिक ? के लाग्छ ?

सरकारले आगामी वर्षको बजेटमा लगानीकर्ताबाट दुईथरी पूँजीगत लाभकर उठाउने व्यवस्था गरेपछि अहिले त्यसरी कर उठाउनु ठिक हो वा होइन भन्ने विषयले निकै चर्चा पाएको छ। लगानीकर्ताहरुले त्यसरी दुईथरीबाट कर उठाउनु ठिक नभएको बताएका छन् भने सरकारले भने त्यसरी छुट्याउनु न्यायसँगत भएको तर्क गर्दै आएका छ। कोरोना भाइरसका कारण अर्थतन्त्र थिलोथिलो भएको अवस्थामा सरकारले बजेट मार्फत दुईथरीको पूँजीगत लाभकर उठाउनु ठिक नभएको लगानीकर्ताहरुले बताएका छन्। सरकारले साउन १ गतेदेखि अल्पकालिन लगानीकर्ता र दीर्घकालिन लगानीकर्ता परिभाषित गर्दै पूँजीगत लाभकरमा दुईथरीको व्यवस्था गरेपछि लगानीकर्ताहरुले यस्तो प्रतिक्रिया दिएका हुन्। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट गत शनिबार सार्वजनिक गर्दै अल्पकालिन लगानीकर्ताबाट ७.५ प्रतिशत पूँजीगत लाभकर र दीर्घकालिन लगानीकर्ताबाट ५ प्रतिशत लाभकर लिने व्यवस्था गरे लगतै लगानीकर्ताले यस्तो प्रतिक्रिया जनाएका हुन्। सरकारले १ वर्षभन्दा कम अवधिको लगानी गर्नेलाई अल्पकालिन र १ वर्षभन्दा बढी अवधि लगानी गर्नेहरुलाई दीर्घकालिन लगानीकर्ताको रुपमा परिभाषित गर्दै बढी र कम लाभकर लिने व...

अपिको हकप्रदमा आजदेखि आवेदन दिन सकिने

  अपि पावर कम्पनी लिमिटेडले आज (जेठ २० गते) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम एक कित्ता शेयर बराबर नयाँ ०.२९३८ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद जारी गर्नेछ। हकप्रद निष्काशनका लागि कम्पनीले बैशाख २९ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यसअनुसार बैशाख २८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। हकप्रदमा मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर, थापाथली, तथा मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत असार ९ गतेसम्म आवेदन दिन पाउनेछन्। क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी सिङ्गल बी प्लस आइएस रेटिङ्ग प्रदान गरेको छ। यसले ...

निर्जीवन बीमा कम्पनीहरुको लाभांश कसको कति ? तीनको लाभांश अझै पाउन सकिने

  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट धमाधम लाभांश प्रस्ताव गरिरहेका छन् । हालसम्म नेप्सेमा सूचीकृत १३ वटा निर्जीवन बीमा कम्पनीहरुले लाभांश प्रस्ताव गरिसकेका छन् । नेप्सेमा सूचीकृत १८ निर्जीवन बीमा कम्पनीहरुले मध्ये शिखर, प्रिमियर, प्रभु, नेपाल इन्स्योरेन्स,एभरेष्ट, प्रुडेन्सियल, आइएमई जनरल, हिमालयन जनरल, नेको, सगरमाथा, एनएलजी, प्रिमियर र लुम्बिनी जनरल इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेका हुन् । त्यस अनुसार हालसम्म युनाईटेड इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, अजोड इन्स्योरेन्स, सानिमा जनरल, जनरल इन्स्योरेन्स कम्पनीको लाभांश अझै आउन बाँकी छ । हालसम्म लाभांश प्रस्ताव गरेको कम्पनीहरुमध्ये शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै २९.२३१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले २७.७६९ प्रतिशत बोनस र १.४६२ प्रतिशत नगद गरी सो बराबरको लाभांश प्रस्ताव गरेको छ । शिखर इन्स्योरेन्सको उक्त बोनस शेयर जेठ ११ गते नेप्सेका सूचीकृत भैसकेको छ । यस्तै, नेको इन्स्योरेन्सले १५.५ प्रतिशत बोनस र ०.८२ प्रतिशत नगद गरी १५.३२ प्रतिशत र सिद्धार्थ इ...

९९९ रुपैयाँमै १२० एमबीपीएस, अब के हाेला अरूकाे ? सीजीले सुरु गर्यो उपत्यकामा इन्टरनेट सेवा

  सीजी कम्युनिकेसन्सले मंगलबारदेखि काठमाडौं उपत्यकामा इन्टरनेट सेवा सुरु गरेको छ । उपभोक्ताले नेपाली बजारमा उपलब्ध इन्टरनेट सेवाभन्दा आधा सस्तो मूल्यमा ‘सीजी नेट’ प्राप्त गर्ने कम्पनीले जनाएको छ । उपभोक्ताकेन्द्रित सेवा सुरु गरिएको र यसले उपभोक्ताको जीवनमा बिल्कुलै नयाँ अनुभव गराउने विश्वास सीजी कम्युनिकेसन्सको छ । कम्पनीले सुरुमा काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा उपलब्ध हुनेछ । तत्कालका लागि जावलाखेल, झम्सीखेल, भनिमण्डल र एकान्तकुनाका बासिन्दाले कम्पनीको इन्टरनेट सेवाको फाइदा उठाउन सक्ने कम्पनीले जनाएको छ । १२ महिनाभित्र उपत्यकाका सबै क्षेत्रमा ‘सीजी नेट’ विस्तार हुने जनाइएको छ । हालका लागि सीजी डिजिटलका शाखा जावलाखेल, कुमारीपाटी, कीर्तिपुर, नयाँबजार, मीनभवन र ट्रेड टावर थापाथलीमा हुने जनाइएको छ । यस्ता छन प्याकेज सेवा शुभारम्भका अवसरमा १२० एमबीपीएस गतिको इन्टरनेटका लागि मासिक ९९९ रुपैयाँ शुल्क तोकेको जनाइएको छ । वार्षिक प्याकेज लिने उपभोक्ताका लागि जडान र राउटर निःशुल्क गरिएको छ । त्यस्तै, मासिक, तीनमहिने र ६ महिने प्याकेज लिँदा जडान र केबल निःशुल्क हुने कम्पनीले जनाएको छ । सीजी...

सेयर बजारमा सामान्य करेक्सन

  काठमाडौं : सेयर बजारमा सामान्य करेक्सन भएको छ । केही दिन बढेको बजारबाट नाफा बुक गर्नेहरु हावी भएपछि नेप्से प्रभावित भएको हो । सूचकका साथमा खरिदबिक्री रकममा पनि ह्रास आएको छ । औसतमा खरिदबिक्री रकम राम्रो भए पनि अघिल्ला दिनहरुको तुलना गर्दा भने भोल्यूममा गिरावट देखिएको हो । यसअघि अधिकतम १७ अर्ब रुपैयाँसम्म सेयर कारोबार भइसकेको छ । मंगलबार ८ अर्ब ५९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बढ्दोक्रममा रहेको बजार केन्द्रीय बैंकको पछिल्लो निर्देशन तथा बजेटपछि पनि माथितिरै लागेको थियो । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई अल्पकालीन सेयर कारोबारमा बन्देज लगाएको छ । यस्तै, बजेटमार्फत १ वर्षभन्दा कम अवधिको सेयर कारोबारमा ७.५% पुँजीगत लाभकर लाग्ने व्यवस्था गरिएको छ । यी दुवै प्रावधानलाई सेयर बजारले सजिलै पचाएको थियो । तथापि, यसरी वृद्धि भएको बजारबाट नाफा बुक गर्नेहरु हावी हुँदा मंगलबार नेप्से प्रभावित भएको हो । सोमबार पनि सूचक केही घटेको थियो । यसलाई विश्लेषकहरुले नाफा बुक गरेपछिको सामान्य करेक्सनका रुपमा लिएका छन् । सेयर बजार सधैं बढिरहने वा घट्नेमात्र गर्दैन । तलमाथि हुँदै अ...