Skip to main content

निर्जीवन बीमा कम्पनीहरुको लाभांश कसको कति ? तीनको लाभांश अझै पाउन सकिने

 नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट धमाधम लाभांश प्रस्ताव गरिरहेका छन् । हालसम्म नेप्सेमा सूचीकृत १३ वटा निर्जीवन बीमा कम्पनीहरुले लाभांश प्रस्ताव गरिसकेका छन् ।


नेप्सेमा सूचीकृत १८ निर्जीवन बीमा कम्पनीहरुले मध्ये शिखर, प्रिमियर, प्रभु, नेपाल इन्स्योरेन्स,एभरेष्ट, प्रुडेन्सियल, आइएमई जनरल, हिमालयन जनरल, नेको, सगरमाथा, एनएलजी, प्रिमियर र लुम्बिनी जनरल इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेका हुन् ।

त्यस अनुसार हालसम्म युनाईटेड इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, अजोड इन्स्योरेन्स, सानिमा जनरल, जनरल इन्स्योरेन्स कम्पनीको लाभांश अझै आउन बाँकी छ ।

हालसम्म लाभांश प्रस्ताव गरेको कम्पनीहरुमध्ये शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै २९.२३१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले २७.७६९ प्रतिशत बोनस र १.४६२ प्रतिशत नगद गरी सो बराबरको लाभांश प्रस्ताव गरेको छ ।

शिखर इन्स्योरेन्सको उक्त बोनस शेयर जेठ ११ गते नेप्सेका सूचीकृत भैसकेको छ ।

यस्तै, नेको इन्स्योरेन्सले १५.५ प्रतिशत बोनस र ०.८२ प्रतिशत नगद गरी १५.३२ प्रतिशत र सिद्धार्थ इन्स्योरेन्सले पनि १२ प्रतिशत बोनस र ३.७८ प्रतिशत नगद गरी १५.७८ प्रतिशत लाभांश प्रस्ता गरेको छ ।
यस्तै सगरमाथा, प्रिमियर, प्रभु, एनएलजी, नेपाल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्सले पनि १० प्रतिशत भन्दा बढी लाभांश प्रस्ताब गरेको छ ।

सबै भन्दा कम हिमालयन जनरल इन्स्योरेन्सले ३ प्रतिशत बोनस ३.७५ प्रतिशत नगद गरी कुल ६.७५ प्रतिशत मात्रै लाभांश प्रस्ताव गरेको छ ।

लाभांश घोषणा गरेका अधिकाँस कम्पनीले बुक क्लोज समेत गरिसकेका छन् । त्यस मध्ये शिखर इन्स्योरेन्सको बोनश शेयर नेप्सेमा सूचीकृत समेत भैसकेको छ ।

लाभांश प्रस्ताव गरेका नेको इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सले भने बुक क्लोज मिति तोकेको छैन् । त्यस अनुसार बुक क्लोज मिति अघिल्लो कारोबार दिन सम्म कायम शेयरधनीले यी तीन कम्पनी लाभांश प्राप्त गर्न सक्नेछन् ।


src:merolagani.com

Comments

Popular posts from this blog

SICL and SBI are Listed in NEPSE.

 

Chandragiri Hills Struggling To Maintain Overall Profitability Amid Second Wave; Look At The Report Highlights

Chandragiri Hills Limited (CGH)  has published a quarterly report for the fourth quarter of the fiscal year 2077/78. The company reported a Net Loss of 25.38 crores. Its revenue from the operation has decreased to Rs 22.15 crore till the fourth quarter of the fiscal year 2077/78 from Rs 41.30 crores of the corresponding quarter of the previous year. The revenue declined by 46.36% in this quarter. The company reported fair liquidity of 2.66 times in this quarter. Its paid-up capital stands at Rs 1.53 arba. The company reported a  negative  reserve of Rs. 39.35 crores. Its EPS stands at Rs -16.55 and net worth per share at Rs 74.35 as of the fourth quarter of the fiscal year 2077/78. Its quarter-end PB stands at 20.24 times. Click here for Q4 report: Major Highlights: Particulars Chandragiri Hills Limited Q4, 2077/2078 Q4, 2076/2077 Difference Paid-Up Capital 1,534,091.00 1,350,000.00 13.64% Reserve & Surplus -393,560.16 -139,717.39 - Plant, Property & Equipment 3,0...

Bonus Shares of Support Laghubitta and Neco Insurance Now Listed in NEPSE

 Follow us on ------------------- Facebook :  (1) Nepal Share Update | Facebook Twitter :  nepal share update (@nepalshare_) / Twitter LinkedIn :  nepal share update | LinkedIn Reddit :  (1) Nepal Share Update (u/nepalshareupdate) - Reddit Youtube :  nepal share update - YouTube