Skip to main content

सेयर बजारमा सामान्य करेक्सन

 

  • bull_bear_new_6_1_2021_3_16_56.jpg
काठमाडौं : सेयर बजारमा सामान्य करेक्सन भएको छ । केही दिन बढेको बजारबाट नाफा बुक गर्नेहरु हावी भएपछि नेप्से प्रभावित भएको हो । सूचकका साथमा खरिदबिक्री रकममा पनि ह्रास आएको छ । औसतमा खरिदबिक्री रकम राम्रो भए पनि अघिल्ला दिनहरुको तुलना गर्दा भने भोल्यूममा गिरावट देखिएको हो । यसअघि अधिकतम १७ अर्ब रुपैयाँसम्म सेयर कारोबार भइसकेको छ । मंगलबार ८ अर्ब ५९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

बढ्दोक्रममा रहेको बजार केन्द्रीय बैंकको पछिल्लो निर्देशन तथा बजेटपछि पनि माथितिरै लागेको थियो । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई अल्पकालीन सेयर कारोबारमा बन्देज लगाएको छ । यस्तै, बजेटमार्फत १ वर्षभन्दा कम अवधिको सेयर कारोबारमा ७.५% पुँजीगत लाभकर लाग्ने व्यवस्था गरिएको छ । यी दुवै प्रावधानलाई सेयर बजारले सजिलै पचाएको थियो ।

तथापि, यसरी वृद्धि भएको बजारबाट नाफा बुक गर्नेहरु हावी हुँदा मंगलबार नेप्से प्रभावित भएको हो । सोमबार पनि सूचक केही घटेको थियो । यसलाई विश्लेषकहरुले नाफा बुक गरेपछिको सामान्य करेक्सनका रुपमा लिएका छन् । सेयर बजार सधैं बढिरहने वा घट्नेमात्र गर्दैन । तलमाथि हुँदै अघि बढ्ने गर्छ । यो बजारको स्वभाविक प्रक्रिया भएकाले सामान्यरुपमा लिनुपर्ने विश्लेषकहरुको भनाई रहेको छ । घटेको बजार फेरि वृद्धि हुन्छ भन्ने बिर्सिनु हुँदैन । 
 
हाम्रो बजारमा पछिल्ला दिनहरुमा ट्रेडरहरु पनि निकै सक्रिय रहेका छन् । अहिले त अझ थोरै नाफामै छिटोछिटो बुक गर्ने प्रवृत्तिसमेत विकास भएको पाइन्छ । सोही आधारमा बजार अलिकति बढेपछि सूचक फेरि तल झर्ने गरेको हो । कतिपय विश्लेषकहरु भने केही बढेपछि बजार करेक्सन हुन जरुरी हुने बताउँछन् । करेक्सन हुँदै अघि बढेको बजार दिगो, भरपर्दो र बलियो हुने उनीहरुको भनाई रहेको छ । 
 
सेयर बजार समग्रमा बुल रनमा रहेको छ । दिनहुँ नयाँ लगानीकर्ताहरु बजार प्रवेश गरिरहेका छन् । सहज तरलता, सस्तो ब्याजदर अनि लगानीका अन्य क्षेत्र संकुचित भएकाले पनि सर्वसाधारण सेयर बजारतर्फै आकर्षित भएका हुन् । बजार बढ्दा होस् वा घट्दा आम लगानीकर्ताले जहिले पनि सबल वित्तीय सूचक भएका कम्पनीमा लगानी गर्नुपर्छ ।

सम्बद्ध कम्पनीको नाफा, लाभांश वितरण क्षमता, ब्यवसाय विस्तारको सम्भावना लगायतका महत्वपूर्ण पक्षलाई ख्याल गर्न कहिल्यै पनि बिर्सिनु हुँदैन । २१६ कम्पनीको १ करोड ९७ लाख ८३ हजार कित्ताभन्दा बढी सेयर कारोबार भएको छ । नेप्से सूचक ११.६८ अंकले घटेर २७७१.१५ विन्दुमा अडिएको छ । १३ मध्ये ३ वटा समूहको सूचकमा वृद्धि भएको छ ।



कालिका पावरको भाउ सर्किट लाग्ने तहमा वृद्धि भएको छ । खरिदबिक्री रकममा ५७ करोड रुपैयाँभन्दा बढीसहित नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रहेको छ । दोस्रोमा लुम्बिनी विकास बैंक र तेस्रोमा राधी हाइड्रोपावर परेका छन् । 



src : nepalipaisa

Comments

Popular posts from this blog

SICL and SBI are Listed in NEPSE.

 

Chandragiri Hills Struggling To Maintain Overall Profitability Amid Second Wave; Look At The Report Highlights

Chandragiri Hills Limited (CGH)  has published a quarterly report for the fourth quarter of the fiscal year 2077/78. The company reported a Net Loss of 25.38 crores. Its revenue from the operation has decreased to Rs 22.15 crore till the fourth quarter of the fiscal year 2077/78 from Rs 41.30 crores of the corresponding quarter of the previous year. The revenue declined by 46.36% in this quarter. The company reported fair liquidity of 2.66 times in this quarter. Its paid-up capital stands at Rs 1.53 arba. The company reported a  negative  reserve of Rs. 39.35 crores. Its EPS stands at Rs -16.55 and net worth per share at Rs 74.35 as of the fourth quarter of the fiscal year 2077/78. Its quarter-end PB stands at 20.24 times. Click here for Q4 report: Major Highlights: Particulars Chandragiri Hills Limited Q4, 2077/2078 Q4, 2076/2077 Difference Paid-Up Capital 1,534,091.00 1,350,000.00 13.64% Reserve & Surplus -393,560.16 -139,717.39 - Plant, Property & Equipment 3,0...

Bonus Shares of Support Laghubitta and Neco Insurance Now Listed in NEPSE

 Follow us on ------------------- Facebook :  (1) Nepal Share Update | Facebook Twitter :  nepal share update (@nepalshare_) / Twitter LinkedIn :  nepal share update | LinkedIn Reddit :  (1) Nepal Share Update (u/nepalshareupdate) - Reddit Youtube :  nepal share update - YouTube