दुई कम्पनीले ३३ करोड ४५ लाख ६७ हजार ९०० रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्न अनुमति मागेका छन्। दोर्दी खोला जलविद्युत् कम्पनी र मानुषी लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्न बोर्डसँग अनुमति मागेका हुन् ।
मानुषी लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ निश्काशन गर्ने अनुमति मागेको हो।
लघुवित्तको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।
यसैगरी दोर्दी खोला जलविद्युत् कम्पनीले पनि प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा २९ करोड ५१ लाख ९२ हजार ९०० रूपैयाँ बराबरको २९ लाख ५१ हजार ९२९ कित्ता साधारण शेयर जारी गर्ने अनुमति माग गरेको हो।
दोर्दी खोला जलविद्युत् कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
बोर्डबाट अनुमति पाएपछि दुबै कम्पनीको आइपीओ बिक्री मा आउनेछ।
via: merolagnai.com
Comments
Post a Comment