Skip to main content

बैंकहरुले फेरि सार्वजनिक गरे नयाँ ब्याजदर , सबै भन्दा धेरै कस्ले दिन्छ ?




 
काठमाडौं : वाणिज्य बैंकहरुले जेठ १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सर्वाजनिक गरेका छन् । वैशाखको तुलनामा बैंकहरुले ब्याजदरमा सामान्य हेरफेर गरेका छन् । केही बैंकको मात्रै कर्जाको ब्याजदर बढेको छ भने अधिकांशको ब्याजदर यथावत नै रहेको छ । बैंकको कर्जा र निक्षेपको ब्याजदरमा खासै ठूलो परिवर्तन भएको छैन । बैंकहरुले सार्वजनिक गरेको निक्षेप र कर्जाको नयाँ ब्याजदर हेरौं :
 
एनआइसी एसिया बैंक
 
एनआइसी एसिया बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचतमा १.५२% ब्याजदर दिने जनाएको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दति निक्षेपमा ६.५२% सम्म ब्याज पाइनेछ । चैत मसान्तसम्मको आधार दर ६.७७% छ । यसमा ७% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ । स्थिर कर्जाको लागि बैंकले १२.७७% ब्याजदर निर्धारण गरेको छ । 
 
नेपाल एसबीआई बैंक
 
नेपाल एसबीआई बैंकले बचतको ब्याज २.५५% तोकेको छ भने व्यक्तिगत मुद्दतिको अधिकतम ७.५०% निर्धारण गरेको छ । यता, बैंकको चैत मसान्तसम्मको बेस रेट ७.४६% छ । यसमा न्यूनतम १.५०% देखि अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण हुने बैंकले जानकारी दिएको छ । 
 
नबिल बैंक
 
नबिल बैंकले बचतमा न्यूनतम १.५१% देखि अधिकतम ३.५१% सम्म ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिमा अधिकतम ६.५१% ब्याज दिने भनेको छ । यो एक वर्षभन्दा बढी समयको मुद्दतिको ब्याजदर हो । ३ महिनाको मुद्दतिको ब्याजदर ५.०१% निर्धारण गरेको छ ।

यता, बैंकको चैत मसान्तसम्म बेस रेट ६.१८%  छ । यसमा ७% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ । स्थिर ब्याजमा घर कर्जाको लागि बैंकले न्यूनतम ८.४९% देखि ११.५०% सम्म ब्याजदरमा कर्जा दिने बताएको छ । 
 
राष्ट्रिय वाणिज्य बैंक
 
राष्ट्रिय वाणिज्य बैंकले जेठ १ गतेदेखि लागू हुने गरेर बचतको नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जस अनुसार मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ५.५०% देखि ७.२५% र संस्थागत मुद्दति निक्षेपमा ५% देखि ६.५०% सम्म ब्याजदर हुनेछ । त्यसैगरी, बैंकले बचत खातातर्फ न्यूनतम ३% देखि ५% सम्म ब्याजदर तोकेको छ । यस बैंकले असार महिनाको आधार दर ५.८% अनुसार कर्जाको ब्याजदर निर्धारण गरेको छ । 
 
सेञ्चुरी कमर्सियल बैंक
 
सेञ्चुरी कमर्सियल बैंकले बचतको न्यूनतम ब्याजदर २.७५% र अधिकतम ४.७५% राखेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याजदर ७.७५% कायम गरेको छ । यो एक वर्षभन्दा माथिको मुद्दतिको ब्याजदर हो । यता, बैंकको चैत मसान्तसम्मको आधार दर ७.७७% रहेको छ । यसमा ६% सम्म प्रिमियम थप गरेर विभिन्न कर्जा दिइने बैंकको भनाई छ । स्थिर कर्जाको लागि ११.४९% देखि १२.९९% ब्याज दर निर्धारण गरेको बैंकले जानकारी दिएको छ । 
 
एनएमबि बैंक
 
एनएमबि बैंकले बचतको न्यूनतम ब्याजदर २% र अधिकतम ४% तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७% र न्यूनतम ५% निर्धारण गरेको छ । चैत मसान्तसम्मको अधारदर ७.१९% रहेको छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ । 
 
एभरेष्ट बैंक
 
एभरेष्ट बैंकले बचतको न्यूनतम ब्याजदर २% देखि अधिकतम ४% सम्म तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याजदर ८.२५% र न्यूनतम ४.७५% तोकेको छ । चैत मसान्तसम्म बैंकको आधार दर ६.१०% छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिन्छ । 
 
हिमालयन बैंक
 
हिमालयन बैंकले बचतको न्यूनतम ब्याजदर २% र अधिकतम ४% तोकेको छ । व्यक्तिगत मुद्दतिको न्यूनतम ब्याजदर ४% र अधिकतक ब्याजदर ७% निर्धारण गरेको छ । बैंकको चैत मसान्तसम्मको अधारदर ६.७५% रहेको छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ । 
 
माछापुच्छ्रे बैंक
 
माछापुच्छ्रे बैंकले बचतको न्यूनतम ब्याज २% देखि अधिकतम ४% सम्म निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिको ब्याज ७% निर्धारण गरेको छ । चैत मसान्तसम्म बैंकको आधारदर ७.०९% छ । यसमा बैंकले ७% सम्म प्रिमियम थप गरेर कर्जा दिने बैंकले जनाएको छ । बैंकले स्थिर ब्याजदरको लागि न्यूनतम ९.८९% देखि अधिकतम १२.२४% ब्याजदर निर्धारण गरेको छ । 
 
मेगा बैंक

मेगा बैंकले बचतको न्यूनतम २.७५% देखि अधिकतम ३.५०% सम्म ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ७.२५% निर्धारण गरेको छ । चैत मसान्तसम्म बैंकको आधार दर ७.५९% छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर ऋण प्रवाह गर्ने मेगाको भनाई छ । 
 
सनराइज बैंक
 
सनराइज बैंकले बचतमा न्यूनतम २% देखि अधिकतम ३.५०% सम्म ब्याज दिने भएको छ । यता, मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७% ब्याज निर्धारण गरेको छ । चैत मसान्तसम्मको बैंकको आधार दर ७.२३% रहेको छ । यसमा ६% सम्म प्रिमियम थप गरेर बैंकले कर्जा प्रवाह गर्ने जनाएको छ । बैंकले स्थिर ब्याजदरको लागि न्यूनतम १०.५०% देखि अधिकतम १३.५०% सम्म ब्याजदर निर्धारण गरेको छ । 
 
लक्ष्मी बैंक
 
लक्ष्मी बैंकले बचत खातामा न्यूनतम २.५% देखि अधिकतम ४.५% सम्म ब्याजदर तोकेको छ । मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ३ महिनाका लागि ७% र एक वर्ष माथि ७.५% सम्म ब्याजदर दिन्छ । बैंकको चैतसम्मको आधार दर ६.७९% छ । यसमा ५% सम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिन्छ । 
 
प्रभु बैंक
 
प्रभु बैंकले बचत खातामा न्यूनतम २% देखि अधिकतम ४% सम्म ब्याजदर तोकेको छ । मुद्दति निक्षेपमा व्यक्तिगततर्फ न्यनतम ५.५०% र अधिकतम ७% सम्म ब्याजदर दिन्छ । बैंकको चैतसम्मको आधार दर ७.०६% छ । यसमा ५% सम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिन्छ । स्थिर ब्याजदरको लागि न्यनतम ९.९९% देखि अधिकतम ११.९९% सम्म ब्याजदर निर्धारण गरेको छ । 
 
कुमारी बैंक
 
कुमारी बैंकले बचत खातामा न्यूनतम १.७५% देखि अधिकतम ३.७५% ब्याजदर तोकेको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ५.५०% देखि ६.५०% सम्म ब्याजदर तोकेको छ । त्यसैगरी कर्जातर्फ विभिन्न प्रकारको लोनमा आधार दरमा अधिकतम ७% सम्म प्रिमियम तोकेको छ । बैंकको चैत महिनामा आधार दर ७.६३% छ । बैंकले न्यूनतम १०.५०% देखि अधिकतम ११% सम्ममा स्थिर कर्जा दिने जनाएको छ । 
 
सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचतमा न्यूनतम २% देखि अधिकतम ४% सम्म ब्याजदर दिने उल्लेख गरेको छ । बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ न्यूनतम ६.५% देखि अधिकतम ७% सम्म ब्याजदर दिने भएको छ ।

यता, यसको चैत महिनामा आधार दर ६.९९% छ । बैंकले विभिन्न प्रकारका ऋण दिँदा आधार दरमा ५% सम्म प्रिमियम थप गर्ने जनाएको छ । स्थिर ब्याजदरको लागि बैंकले न्यूनतम ८.४९% देखि अधिकतम १०.९९% सम्म ब्याजदर निर्धारण गरेको छ । 
 
कृषि विकास बैंक

कृषि विकास बैंकले बचतको न्यूनतम ब्याजदर ३.५०% र अधिकतम ५% तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.५०% र न्यूनतम ६.५०% निर्धारण गरेको छ । चैत मसान्तसम्मको अधारदर ७.४८% रहेको छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ ।  
 
प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंकले बचतको न्यूनतम ब्याजदर २.७६% र अधिकतम ४.५०% तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.५०% र न्यूनतम ७.७६% निर्धारण गरेको छ । चैत मसान्तसम्मको अधारदर ७.१४% रहेको छ । यसमा अधिकतम ६.९९% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम १०% देखि अधिकतम ११% सम्म ब्याजदर निर्धारण गरेको छ ।
 
एनसीसी बैंक

एनसीसी बैंकले बचतको न्यूनतम ब्याजदर २.५०% र अधिकतम ५% तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ८% र न्यूनतम ७% निर्धारण गरेको छ । चैत मसान्तसम्मको अधारदर ७.४१% रहेको छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९.२५% देखि अधिकतम ११% सम्म ब्याजदर निर्धारण गरेको छ ।
 
बैंक आफ काठमान्डू
 
बैंक आफ काठमान्डूले बचतको न्यूनतम ब्याज २.५०% र अधिकतम ४% राखेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७% कायम गरेको छ । यो एक वर्षभन्दा माथिको मुद्दतिको ब्याजदर हो । यता, बैंकको चैत मसान्तसम्मको आधार दर ७.६०% रहेको छ । यसमा ५% सम्म प्रिमियम थप गरेर विभिन्न कर्जा बैंकले दिइने बैंकको भनाई छ । 
 
नेपाल बंगलादेश बैंक
 
नेपाल बंगलादेश बैंकले बचतको न्यूनतम ब्याजदर २.७५% र अधिकतम ४% तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.७५% र न्यूनतम ७.२५% निर्धारण गरेको छ । बैंकको चैत मसान्तसम्मको आधारदर ९.८९% छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण गर्ने बैंकले जनाएको छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९.९९% देखि अधिकतम १२.९९% सम्म ब्याजदर निर्धारण गरेको छ । 

via:nepalipaisa.com

Comments

Popular posts from this blog

NEPSE Investing Guide for Beginners | All About Primary Market and IPO

This is Part 1 of the NEPSE beginners guide series. The series is aimed to help new investors to learn the basics of investing in Nepal's capital market.  Part 1 of this series revolves around the primary market. Part 2 discusses the secondary market in detail. Primary Market Before CDSC launched MeroShare, the process to  buy any  Initial Public Offering(IPO)  was by buying the application form from the company's capital or company and submitting it through the designated offices within the stipulated time with the required information.  Though only a few people were aware of this, there used to be a long line of people, after getting their turn waiting for hours in the queue, it was customary to submit a form by depositing a Cheque or amount equal to the amount one applied for. After accepting the form, Capital would send a slip, in which the serial number and all the details of the application were included. It was a long time-consuming and out...

दोर्दी खोला जलविद्युतले जेठ २६ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ ।

  Follow us on ------------------- Facebook :  (1) Nepal Share Update | Facebook Twitter :  nepal share update (@nepalshare_) / Twitter LinkedIn :  nepal share update | LinkedIn Reddit :  (1) Nepal Share Update (u/nepalshareupdate) - Reddit Youtube :  nepal share update - YouTube

Nagarik Stock Dealer Plans to Issue IPO for 1.5 Crore Shares

Nagarik Stock Dealer Company Limited   has called its 2nd AGM on 23rd Poush, 2078. The meeting will be held in the company hall in New Baneshwor, Kathmandu, starting at 3: 30 pm that day. These are the general agendas of the meeting: 1) Endorsement of financial reports for the fiscal year 2077/78. 2) Endorsement of annual reports presented by the chairman. 2) Appointment of auditor for the fiscal year 2078/79 and approval of their compensation. 3) Appointment/ Election of Board Members from the promoters. 4) Decision of directorial fees and allowances. Apart from these general agendas, there is also a special agenda to issue an IPO. The company wishes to issue a total of 1.5 crores shares to the general public. This will raise Rs. 1.5 Arba for the company, which is 30% of the issued capital. source:sharesansar.com