Skip to main content

बैंक तथा वित्तीय संस्थाका २५ प्रतिशत मात्रै शाखा खोल्न पाइने


काठमाडौँ ।  बैंक तथा वित्तीय संस्थाले अब काठमाडौँ उपत्यकामा २५ प्रतिशत मात्रै शाखा कार्यालय खुला गर्न पाउने भएका छन् । बैंकिङ कारोवारलाई सकेसम्म विद्युतीय माध्यमबाट सञ्चालन गर्नुपर्नेछ । यस्तै बैंक तथा वित्तीय संस्थाका केन्द्रीय कार्यालयले २० प्रतिशत मात्रै जनशक्ति प्रयोग गरी कार्य सञ्चालन गर्नुपर्ने व्यवस्था मिलाउनुपर्ने छ ।

काठमाडौँ उपत्यकामा निषेधाज्ञाको समय थप भएसँगै आज काठमाडाँै भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकपछि आज जारी गरिएको आदेशमा कम जनशक्तिमा बैंक तथा वित्तीय संस्था सञ्चालन गर्नुपर्ने उल्लेख छ ।

आदेशानुसार सोसम्बन्धी विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयलाई दिनुपर्ने छ ।    
काठमाडौँका प्रजिअ कालीप्रसाद पराजुलीका अनुसार कोरोनाको जोखिम कम गर्नका लागि कम शाखा तथा जनशक्तिका बैंक तथा वित्तीय संस्था सञ्चालन गर्न आग्रह गरिएको छ ।

 बैंक तथा वित्तीय संस्थाका सवारी साधन सञ्चालनका हकमा सीमित सवारी पास जारी गरी सोको विवरण केन्द्रीय बैंक र जिप्रकालाई दिनुपर्नेछ । केन्द्रीय बैंकले यसअघि नै न्यून जनशक्ति प्रयोग गरी बैंक तथा वित्तीय संस्था सञ्चालन गर्न निर्देशन दिइसकेको छ ।  (रासस) 

via:nepali.investopaper.com

Comments

Popular posts from this blog

SICL and SBI are Listed in NEPSE.

 

Chandragiri Hills Struggling To Maintain Overall Profitability Amid Second Wave; Look At The Report Highlights

Chandragiri Hills Limited (CGH)  has published a quarterly report for the fourth quarter of the fiscal year 2077/78. The company reported a Net Loss of 25.38 crores. Its revenue from the operation has decreased to Rs 22.15 crore till the fourth quarter of the fiscal year 2077/78 from Rs 41.30 crores of the corresponding quarter of the previous year. The revenue declined by 46.36% in this quarter. The company reported fair liquidity of 2.66 times in this quarter. Its paid-up capital stands at Rs 1.53 arba. The company reported a  negative  reserve of Rs. 39.35 crores. Its EPS stands at Rs -16.55 and net worth per share at Rs 74.35 as of the fourth quarter of the fiscal year 2077/78. Its quarter-end PB stands at 20.24 times. Click here for Q4 report: Major Highlights: Particulars Chandragiri Hills Limited Q4, 2077/2078 Q4, 2076/2077 Difference Paid-Up Capital 1,534,091.00 1,350,000.00 13.64% Reserve & Surplus -393,560.16 -139,717.39 - Plant, Property & Equipment 3,0...

Bonus Shares of Support Laghubitta and Neco Insurance Now Listed in NEPSE

 Follow us on ------------------- Facebook :  (1) Nepal Share Update | Facebook Twitter :  nepal share update (@nepalshare_) / Twitter LinkedIn :  nepal share update | LinkedIn Reddit :  (1) Nepal Share Update (u/nepalshareupdate) - Reddit Youtube :  nepal share update - YouTube