Skip to main content

३ ट्रिलियन डलरको बजारः भारतीय शेयर बजारले एक वर्षमा दियाे विश्वमा सर्वाधिक ८५.३५ प्रतिशत प्रतिफल

 कोरोनाले विश्व अर्थव्यवस्थामा चोट पुर्यायो। तर शेयर बजारहरूले लगानीकर्तालाई उत्कृष्ट प्रतिफलको मलम लगाएको छ। र प्रतिफलको आधारमा भारतीय बजार शीर्ष स्थानमा छ।


भारतीय बजार विश्व बजारमा मार्केट क्यापको हिसाबले आठौं स्थानमा छ। यसले अब क्यानडा र फ्रान्सलाई करिब करिब पछि पर्न लागिसकेको छ।

विश्व बजारको औसत प्रदर्शन ९.२५ प्रतिशत

तथ्याङ्कले देखाउँदछ कि विश्वभरका बजारहरूको औसत प्रदर्शन यस वर्षमा ९.२५ प्रतिशतभन्दा बढी रहेको छ। जबकि १ वर्षमा उनीहरूले ४९.२४ प्रतिशत नाफा दिएका छन्। भारतीय शेयर बजारले यसै समयमा लगानीकर्तालाई १६.०५ प्रतिशत र ८३.३५ प्रतिशत फाइदा दिएको छ। दक्षिण कोरिया दोस्रो स्थानमा छ। यसको बजारले यस वर्षमा ६.१८ प्रतिशत र एक वर्षमा ८१ प्रतिशत फाइदा दिएको छ।

विकसित देश अमेरिकाको बजार आठौँ नम्बरमा छ। यसले १ वर्षमा ५१.२६ प्रतिशत र यस वर्ष ११.३८ प्रतिशत फाइदा दिएको छ। चिनियाँ बजारले १ वर्षमा ५५.३१ र यस वर्ष केवल ४ प्रतिशत नाफा दिएको छ।

यस वर्ष सबैभन्दा राम्रो प्रदर्शन गर्ने क्यानडाको बजार

अन्य प्रमुख बजारहरूको बारेमा कुरा गर्नुपर्दा, क्यानडाली बजारले २०.६५ प्रतिशत प्रतिफलको साथ यस वर्ष सबैभन्दा राम्रो प्रदर्शन गरेको छ। यसले एक वर्षमा ६३.५३ प्रतिशत प्रतिफल दिएको छ। ताइवान बजारले यस वर्ष ११.४२ प्रतिशत र १ वर्षमा ६३ प्रतिशत र अस्ट्रेलियाको बजारले यस वर्ष ८.६ प्रतिशत र १ वर्षमा ६३ प्रतिशत रिटर्न दिएको छ। फ्रान्सेली बजारले यस वर्ष १२.१३ र १ वर्षमा ६२ प्रतिशत रिटर्न दिएको छ।

भारतीय अर्थतन्त्रको लक्ष्य ५ ट्रिलियन डलर

भारतीय अर्थतन्त्रको लागि सरकारको लक्ष्य ५ ट्रिलियन डलर रहेको छ, यस्तो देखिन्छ कि त्यसभन्दा पहिले भारतीय बजारको बजार क्यापले यो तहलाई छुन सक्दछ। तथ्याङ्कले पनि यस्तै बताउँछ। भारतीय बजारको बजार पूँजीकरण मे २८, २००७ मा १ ट्रिलियन डलर थियो, जबकि २०१७ मा बढेर २ ट्रिलियन डलर पुग्यो। अर्थात १ ट्रिलियन डलर पुग्न १० वर्ष लाग्यो, तर यसले अर्को १ ट्रिलियन रुपैयाँ अर्थात २ देखि ३ ट्रिलियन डलरसम्मको यात्रा तय गर्न केबल ४ वर्ष लगाएको छ। यसको बजार क्याप सो समयमा ३ ट्रिलियन डलर पुगेको छ, जुन रुपिँयामा २१९ ट्रिलियन हो।

यससँगै भारतीय बजारको अनुमान छ कि बीएसई सेन्सेक्स यस वर्ष ६१ हजारसम्म जान सक्छ। मोर्गन स्टेनलीले यो बजार बूममा यस्तो भविष्यवाणी गरेका हुन्। तर अर्को २, ३ वर्षमा यो ७० हजार पार गर्न सक्नेछ। यस्तो अवस्थामा, यसको बजार क्याप सजिलै ४ ट्रिलियन डलर पुग्न सक्छ।

बजार क्याप डिसेम्बरसम्म ३.५ ट्रिलियन हुनसक्छ

यदि बजार ६१ हजारमा जान्छ भने यसको मार्केट क्याप ३.५ ट्रिलियन डलर हुनेछ। यस वर्ष एलआईसीजस्तो ठूला कम्पनीहरु सूचीकृत हुनेछ। यी नयाँ कम्पनीहरूको सूचीकरणले मार्केट क्यापलाई २०० बिलियन डलर बढाउनेछ। यस्तो अवस्थामा भारतले यस वर्ष बजार क्यापमा क्यानडा र फ्रान्सलाई पछाडि पार्नेछ। क्यानडाको ३.१२ ट्रिलियन डलरको बजार क्याप छ, जबकि फ्रान्सको मार्केट क्याप ३.३२ ट्रिलियन डलर छ।

मार्केट क्याप कुनै पनि शेयर बजारमा सूचीकृत कम्पनीहरूको मूल्य हो। भारतमा ५ हजारभन्दा बढी कम्पनीहरू सूचीकृत छन्। यद्यपि आईपीओको हिसाबले सबैभन्दा ठूलो आईपीओ कोल इण्डियाबाट आएको थियो जसको मूल्य १५ हजार करोड रुपैयाँ थियो। यो २०१० मा आएको थियो। तर एलआईसीले अब नयाँ रेकर्ड बनाउन गइरहेको छ।

जीडीपीको अनुपातमा भारतको मार्केट क्याप धेरै पछाडि

जीडीपीको अनुपातमा बजार पूंजीकरणको कुरा गर्ने हो भने भारत अझै पछाडि छ। यसको विश्वको औसत १२९ प्रतिशत छ। ताइवानको बजार पूँजीकरण जीडीपीको ५५९ प्रतिशत छ। साउदी अरेबियाको ३२४ प्रतिशत, स्विजरल्याण्डको ३०४ प्रतिशत, अमेरिकाको २२२ प्रतिशत, क्यानडाको १८० प्रतिशत, दक्षिण कोरियाको १३६ प्रतिशत, जापानको १३३ प्रतिशत, बेलायतको १३१ प्रतिशत र भारतको १०२ प्रतिशत छ।

शीर्ष स्थानमा अमेरिका

बजार पूँजीकरणको सन्दर्भमा अमेरिका शीर्ष १० बजारमा अब्बल छ। यसको मार्केट क्याप ४७ हजार ४९३ अर्ब डलर छ। चीनको ११ हजार ३५२ अर्ब डलर, हंगकंगको ७ हजार अर्ब डलर, जापानको ७ हजार ७४६ अर्ब डलर, बेलायतको ३ हजार ७०४ अर्ब डलर, फ्रान्सको ३ हजार ३२२ अर्ब डलर, क्यानडाको ३ हजार १२२ अर्ब र भारतको ३ हजार ९ अर्ब डलर छ।

रिलायन्स, टीसीएस र एचडीएफसी बैंक शीर्ष स्थानमा

पछिल्लो एक ट्रिलियन डलरमा भारतीय बजारमा सबैभन्दा बढी योगदान पुर्याउने शेयरको बारेमा कुरा गर्दा रिलायन्स इन्डस्ट्रीजको बजार क्याप ७.५९ टिलियनबाट बढेर १२.५८ ट्रिलियन पुगेको छ। टिसीएस अर्थात टाटा कन्सल्टन्सी सर्विसेजको बजार क्याप ५.९८ ट्रिलियनबाट बढेर ११.३८ ट्रिलियन पुगेको छ, एचडीएफसी बैंकको मार्केट क्याप ३.७९ ट्रिलियनबाट बढेर ८.३२ ट्रिलियन र इन्फोसिसको ३.२८ ट्रिलियनबाट बढेर ५.७६ ट्रिलियन पुगेको छ।

हिन्दुस्तान युनिलिभरको मार्केट क्याप ५.४७ ट्रिलियन छ, जुन २०१७ मा ३.०६ ट्रिलियन थियो। बजाज फाइनान्सको २.५५ बाट बढेर ३.३५ ट्रिलियन पुगेको छ जबकी आईसीआईसीआई बैंकको २.४८ बाट बढेर ४.४५ ट्रिलियन रुपियाँ पुगेको छ।

(मनी भास्करबाट अनुवादित)

via:merolagani.com

Comments

Popular posts from this blog

SICL and SBI are Listed in NEPSE.

 

Chandragiri Hills Struggling To Maintain Overall Profitability Amid Second Wave; Look At The Report Highlights

Chandragiri Hills Limited (CGH)  has published a quarterly report for the fourth quarter of the fiscal year 2077/78. The company reported a Net Loss of 25.38 crores. Its revenue from the operation has decreased to Rs 22.15 crore till the fourth quarter of the fiscal year 2077/78 from Rs 41.30 crores of the corresponding quarter of the previous year. The revenue declined by 46.36% in this quarter. The company reported fair liquidity of 2.66 times in this quarter. Its paid-up capital stands at Rs 1.53 arba. The company reported a  negative  reserve of Rs. 39.35 crores. Its EPS stands at Rs -16.55 and net worth per share at Rs 74.35 as of the fourth quarter of the fiscal year 2077/78. Its quarter-end PB stands at 20.24 times. Click here for Q4 report: Major Highlights: Particulars Chandragiri Hills Limited Q4, 2077/2078 Q4, 2076/2077 Difference Paid-Up Capital 1,534,091.00 1,350,000.00 13.64% Reserve & Surplus -393,560.16 -139,717.39 - Plant, Property & Equipment 3,0...

Bonus Shares of Support Laghubitta and Neco Insurance Now Listed in NEPSE

 Follow us on ------------------- Facebook :  (1) Nepal Share Update | Facebook Twitter :  nepal share update (@nepalshare_) / Twitter LinkedIn :  nepal share update | LinkedIn Reddit :  (1) Nepal Share Update (u/nepalshareupdate) - Reddit Youtube :  nepal share update - YouTube