हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) (HIDCL) ले हकप्रद प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ ।
कम्पनी सञ्चालक समितिको जेठ १५ गते बसेको बैठकले हकप्रद प्रयोजनको लागि जेठ २८ गते बुक क्लोज गर्ने भएको हो ।
त्यस अनुसार जेठ २७ गते सम्म कायम शेयरधनीले मात्रै कम्पनीको हकप्रदमा आवेदन दिन सकिनेछन् ।
कम्पनीले १ बराबर १ अनुपातमा प्रति कित्ता १०० अंकित दरका ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको छ । हाल कम्पनीले हकप्रद निष्काशन गर्ने मिति भने तय गरेकाे छैन् ।
हकप्रद निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले जेठ ९ गते आइतबार अनुमति दिएको थियो ।
कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
src:merolagani.com
- Get link
- X
- Other Apps
- Get link
- X
- Other Apps
Comments
Post a Comment