Skip to main content

कस्ताे असर पर्छ सेयर बजारमा ? चुनावले के कतिको फरक पार्छ ? विगतकाे चुनावलाइ अनुसार हेर्नहाेस्

काठमाडौं : निर्वाचन र सेयर बजारका बीचमा सामान्यतयः प्रत्यक्ष र सकारात्मक सम्बन्ध रहने गरेको छ । कुनै बेला चुनाव घोषणा भएदेखि नै बजार बेस्सरी बढ्ने अनि चुनावपछि घट्ने गरेको देखिन्छ भने कुनैमा चुनाव सकिएपछि पनि बजार बढ्ने क्रमले निरन्तरता पाएको पाइन्छ । चुनावको आसपासमा बजारमा तेजी आउनुको मुख्य पक्ष भनेको बजारमा पैसाको फ्लो बढ्नु नै हो । अर्थविद्हरुका भनाईमा चुनावले अर्थतन्त्रलाई पनि चलायमान बनाउँछ ।


त्यही भएर पनि सेयर बजारका लगानीकर्ताहरुले भने चुनावलाई मन पराउने गरेका हुन् ।चुनावमा सरकारले नै मज्जाले पैसा खर्च गर्नुपर्छ । साथै, राजनीतिक दलहरुले पनि विभिन्न तरिकाबाट ठूलो धनराशि खर्च गरेका हुन्छन् । बजार र वित्तीय प्रणालीमा तरलता बढ्छ । यसो हुँदा ब्याजदर पनि सस्तो हुन जान्छ ।

फलस्वरुपः यसको सकारात्मक प्रभाव पर्छ । यसैक्रममा हामीले विगतका चुनावी वर्षहरुमा सेयर बजार कस्तो थियो भनेर अध्ययन गर्ने प्रयास गरेका छौं । ती तथ्यांकहरुले समग्रमा चुनावी वर्षमा सेयर बजारमा सकारात्मक प्रभाव परेको देखाएको छ । तर यहाँ विचार गर्नुपर्ने मुख्य पक्ष के हो भने कुनै बेला चुनाव अघि बजार बढेको पाइन्छ भने निर्वाचन सम्पन्न भएपछि बजार पनि घट्न थालेको सिमेत देखिन्छ ।

तर कुनै वर्षमा भने चुनावपछि पनि बजार बढ्नेक्रमले निरन्तरता पाएको पाइन्छ । यसमा केही प्रमुख कारण रहेका छन् । चुनावपछि कस्तो सरकार बन्यो ? कुनै दलको स्पष्ट बहुमत आयो वा आएन ? अनि पुँजी बजारप्रति कस्तो नीति लिने सरकार बन्यो भन्नेले पनि केही प्रभाव पारेको हुन सक्छ । यो सँगै अर्को महत्वपूर्ण पक्ष के  हो भने बजार कहिलेदेखि बढ्न सुरु गरेको थियो भन्ने पनि हुन्छ ।

लामो अवधिदेखि वृद्धि हुन थालेको बजार कहिलेकाँही चुनावसँगै वियरिस ट्रेन्डमा जान पनि सक्छ । किन भने त्यतिबेलासम्म बजारले निकै उच्च विन्दु बनाइसकेको हुन पनि सक्छ । त्यसतर्फ भने ख्याल गर्नुपर्ने हुनछ । तथापि, समग्रमा चुनावी वर्षमा सेयर बजारमा निकै चहलपहल बढ्छ । चुनावअघि स्थिर सरकार बन्ने अपेक्षा पनि गरिएको हुन्छ । 
 
यसैक्रममा नेपालमा पनि अहिले मध्यावधि चुनाव घोषणा भएको छ । तथापि, यसको प्रमुख राजनीतिक दलहरुले विरोध गरेका छन् । यसको वैधानिकतामाथि पनि प्रश्नहरु उठेका छन् । यी राजनीतिक विषय र मुद्दा भए । यसैक्रममा राजनीतिको केही पाटाहरुलाई विश्लेषण गर्दा केही छिटो वा केही ढिलै भए पनि मुलुक निर्वाचनतिरै जाने संकेतहरु देखिएका छन् । नियम अनुसार पनि आगामी फागुनमा स्थानीय निकायको पनि निर्वाचन हुनुपर्छ ।

यसर्थ, प्रधिनिधि सभा र स्थानीय निकायहरुको चुनावी माहोलका कारण बुल रनमा रहेको हाम्रो सेयर बजारलाई निकै सहयोग गर्ने विश्लेषणहरु पनि भइरहेका छन् । यसैक्रममा विगत ४ वटा प्रमुख चुनावहरुलाई हेर्ने हो भने सेयर बजारले मिश्रित प्रतिकृया दिएको देखिन्छ । निर्वाचनको दिनको बजार र त्यसको ३ महिना अघिको बजारलाई तुलना गर्दा २ पटक बजार बढेको देखिन्छ भने २ पटक घटेको छ ।

यसको कारण चुनाव सामान्यतयः ६ महिनाअघि घोषणा गरिएको हुन्छ । कम्तिमा पनि घोषणा भएको ३ महिनाभन्दा छिटो निर्वाचन सम्पन्न हुन सक्दैन । यसकारण नियमित चुनावी वर्ष पहिले नै सबैलाई जानकारी हुने भएकाले पहिलदेखि नै बजार बढ्न थालेको पनि पाइन्छ । यसबाहेक त्यसबेला बुल वा वियर कुन रन चलिरहेको थियो भन्नेले पनि केही प्रभाव पारेको देखिन्छ । 
 
यस्तो थियो चुनावी वर्षहरुमा सेयर बजारको अवस्था 
 
सन् १९९९ को आम निर्वाचन 
 
सन् १९९९ को आम निवार्चनलाई नेपालको पुँजी बजारले पनि सकारात्मक प्रतिकृया दिएको देखिन्छ । चुनाव हुनुभन्दा ३ महिना अघि अर्थात १९९९ मार्च २ मा १७८.५ विन्दुमा रहेको सेयर बजार चुनाव हुनुभन्दा अघिल्लो दिन १९३.३ अंकसम्म पुगेको थियो । त्यस समयमा नेपालको पुँजी बजार सुरुवाती चरणमै रहेको थियो । नेप्सेले सेयर कारोबारका लागि ट्रेडिङ फ्लोर सन् १९९४ जनवरीदेखि खुला गरेको हो ।

 
सन् २००८ को संविधान सभा निर्वाचन 
 
मुलुक गणतन्त्रमा गइसकेपछि संविधान सभाको पहिलो निर्वाचन सन् २००८ मा भएको थियो । उक्त निर्वाचनको समयमा भने नेपालको पुँजी बजारले नकारात्मक प्रतिकृया दिएको थियो । त्यसबेला निर्वाचन हुनुभन्दा ३ महिना ९८१.४३ विन्दुमा रहेको सेयर बजार निर्वाचन हुने बेलासम्म ७४६.७ विन्दुमा झरेको थियो ।

 
सन् २०१३ को संविधान सभा निर्वाचन 
 
पहिलो पटक निर्वाचित संविधान सभाबाट संविधान नबनेपछि सन् २०१३ मा देस्रो पटक संविधान सभाको निर्वाचन भएको थियो । यस निर्वाचनमा भने नेपालको पुँजी बजारले सकारात्मक गति लिएको थियो । निर्वाचन हुनुभन्दा ३ महिना अघि ५४३.७२ विन्दुमा रहेको नेप्से सूचक निर्वाचन हुने दिनमा ६३४ विन्दुमा पुगेको थियो ।


 
सन् २०१७ को आम निर्वाचन  
 
सन् २०१७ मा प्रतिनिधि सभाको निर्वाचनका समयमा नेपालको सेयर बजार पुनः तल झरेको देखिन्छ । यद्दपि, त्यसबेला पुँजी बजारको बियरिस गति सुरु भइसकेकाले पनि बजारमा गिरावट देखिएको हो । किनभने चुनावभन्दा निकै पहिलेदेखि बजार वृद्धि क्रममा रहेको थियो ।



उक्त बियरिस चक्र सकिएर गत वर्षदेखि बजार बुल रनमा रहेको छ । त्यसबेला निर्वाचन हुनु भन्दा ३ महिना अघि १६१७.८१ विन्दुमा रहेको नेप्से सूचक निर्वाचनको दिनसम्ममा घटेर १५१४.३४ विन्दुमा आएकोे थियो ।

src : nepalipaisa.com

Comments

Popular posts from this blog

NEPSE Investing Guide for Beginners | All About Primary Market and IPO

This is Part 1 of the NEPSE beginners guide series. The series is aimed to help new investors to learn the basics of investing in Nepal's capital market.  Part 1 of this series revolves around the primary market. Part 2 discusses the secondary market in detail. Primary Market Before CDSC launched MeroShare, the process to  buy any  Initial Public Offering(IPO)  was by buying the application form from the company's capital or company and submitting it through the designated offices within the stipulated time with the required information.  Though only a few people were aware of this, there used to be a long line of people, after getting their turn waiting for hours in the queue, it was customary to submit a form by depositing a Cheque or amount equal to the amount one applied for. After accepting the form, Capital would send a slip, in which the serial number and all the details of the application were included. It was a long time-consuming and out...

दोर्दी खोला जलविद्युतले जेठ २६ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ ।

  Follow us on ------------------- Facebook :  (1) Nepal Share Update | Facebook Twitter :  nepal share update (@nepalshare_) / Twitter LinkedIn :  nepal share update | LinkedIn Reddit :  (1) Nepal Share Update (u/nepalshareupdate) - Reddit Youtube :  nepal share update - YouTube

Nagarik Stock Dealer Plans to Issue IPO for 1.5 Crore Shares

Nagarik Stock Dealer Company Limited   has called its 2nd AGM on 23rd Poush, 2078. The meeting will be held in the company hall in New Baneshwor, Kathmandu, starting at 3: 30 pm that day. These are the general agendas of the meeting: 1) Endorsement of financial reports for the fiscal year 2077/78. 2) Endorsement of annual reports presented by the chairman. 2) Appointment of auditor for the fiscal year 2078/79 and approval of their compensation. 3) Appointment/ Election of Board Members from the promoters. 4) Decision of directorial fees and allowances. Apart from these general agendas, there is also a special agenda to issue an IPO. The company wishes to issue a total of 1.5 crores shares to the general public. This will raise Rs. 1.5 Arba for the company, which is 30% of the issued capital. source:sharesansar.com