Skip to main content

कस्ताे असर पर्छ सेयर बजारमा ? चुनावले के कतिको फरक पार्छ ? विगतकाे चुनावलाइ अनुसार हेर्नहाेस्

काठमाडौं : निर्वाचन र सेयर बजारका बीचमा सामान्यतयः प्रत्यक्ष र सकारात्मक सम्बन्ध रहने गरेको छ । कुनै बेला चुनाव घोषणा भएदेखि नै बजार बेस्सरी बढ्ने अनि चुनावपछि घट्ने गरेको देखिन्छ भने कुनैमा चुनाव सकिएपछि पनि बजार बढ्ने क्रमले निरन्तरता पाएको पाइन्छ । चुनावको आसपासमा बजारमा तेजी आउनुको मुख्य पक्ष भनेको बजारमा पैसाको फ्लो बढ्नु नै हो । अर्थविद्हरुका भनाईमा चुनावले अर्थतन्त्रलाई पनि चलायमान बनाउँछ ।


त्यही भएर पनि सेयर बजारका लगानीकर्ताहरुले भने चुनावलाई मन पराउने गरेका हुन् ।चुनावमा सरकारले नै मज्जाले पैसा खर्च गर्नुपर्छ । साथै, राजनीतिक दलहरुले पनि विभिन्न तरिकाबाट ठूलो धनराशि खर्च गरेका हुन्छन् । बजार र वित्तीय प्रणालीमा तरलता बढ्छ । यसो हुँदा ब्याजदर पनि सस्तो हुन जान्छ ।

फलस्वरुपः यसको सकारात्मक प्रभाव पर्छ । यसैक्रममा हामीले विगतका चुनावी वर्षहरुमा सेयर बजार कस्तो थियो भनेर अध्ययन गर्ने प्रयास गरेका छौं । ती तथ्यांकहरुले समग्रमा चुनावी वर्षमा सेयर बजारमा सकारात्मक प्रभाव परेको देखाएको छ । तर यहाँ विचार गर्नुपर्ने मुख्य पक्ष के हो भने कुनै बेला चुनाव अघि बजार बढेको पाइन्छ भने निर्वाचन सम्पन्न भएपछि बजार पनि घट्न थालेको सिमेत देखिन्छ ।

तर कुनै वर्षमा भने चुनावपछि पनि बजार बढ्नेक्रमले निरन्तरता पाएको पाइन्छ । यसमा केही प्रमुख कारण रहेका छन् । चुनावपछि कस्तो सरकार बन्यो ? कुनै दलको स्पष्ट बहुमत आयो वा आएन ? अनि पुँजी बजारप्रति कस्तो नीति लिने सरकार बन्यो भन्नेले पनि केही प्रभाव पारेको हुन सक्छ । यो सँगै अर्को महत्वपूर्ण पक्ष के  हो भने बजार कहिलेदेखि बढ्न सुरु गरेको थियो भन्ने पनि हुन्छ ।

लामो अवधिदेखि वृद्धि हुन थालेको बजार कहिलेकाँही चुनावसँगै वियरिस ट्रेन्डमा जान पनि सक्छ । किन भने त्यतिबेलासम्म बजारले निकै उच्च विन्दु बनाइसकेको हुन पनि सक्छ । त्यसतर्फ भने ख्याल गर्नुपर्ने हुनछ । तथापि, समग्रमा चुनावी वर्षमा सेयर बजारमा निकै चहलपहल बढ्छ । चुनावअघि स्थिर सरकार बन्ने अपेक्षा पनि गरिएको हुन्छ । 
 
यसैक्रममा नेपालमा पनि अहिले मध्यावधि चुनाव घोषणा भएको छ । तथापि, यसको प्रमुख राजनीतिक दलहरुले विरोध गरेका छन् । यसको वैधानिकतामाथि पनि प्रश्नहरु उठेका छन् । यी राजनीतिक विषय र मुद्दा भए । यसैक्रममा राजनीतिको केही पाटाहरुलाई विश्लेषण गर्दा केही छिटो वा केही ढिलै भए पनि मुलुक निर्वाचनतिरै जाने संकेतहरु देखिएका छन् । नियम अनुसार पनि आगामी फागुनमा स्थानीय निकायको पनि निर्वाचन हुनुपर्छ ।

यसर्थ, प्रधिनिधि सभा र स्थानीय निकायहरुको चुनावी माहोलका कारण बुल रनमा रहेको हाम्रो सेयर बजारलाई निकै सहयोग गर्ने विश्लेषणहरु पनि भइरहेका छन् । यसैक्रममा विगत ४ वटा प्रमुख चुनावहरुलाई हेर्ने हो भने सेयर बजारले मिश्रित प्रतिकृया दिएको देखिन्छ । निर्वाचनको दिनको बजार र त्यसको ३ महिना अघिको बजारलाई तुलना गर्दा २ पटक बजार बढेको देखिन्छ भने २ पटक घटेको छ ।

यसको कारण चुनाव सामान्यतयः ६ महिनाअघि घोषणा गरिएको हुन्छ । कम्तिमा पनि घोषणा भएको ३ महिनाभन्दा छिटो निर्वाचन सम्पन्न हुन सक्दैन । यसकारण नियमित चुनावी वर्ष पहिले नै सबैलाई जानकारी हुने भएकाले पहिलदेखि नै बजार बढ्न थालेको पनि पाइन्छ । यसबाहेक त्यसबेला बुल वा वियर कुन रन चलिरहेको थियो भन्नेले पनि केही प्रभाव पारेको देखिन्छ । 
 
यस्तो थियो चुनावी वर्षहरुमा सेयर बजारको अवस्था 
 
सन् १९९९ को आम निर्वाचन 
 
सन् १९९९ को आम निवार्चनलाई नेपालको पुँजी बजारले पनि सकारात्मक प्रतिकृया दिएको देखिन्छ । चुनाव हुनुभन्दा ३ महिना अघि अर्थात १९९९ मार्च २ मा १७८.५ विन्दुमा रहेको सेयर बजार चुनाव हुनुभन्दा अघिल्लो दिन १९३.३ अंकसम्म पुगेको थियो । त्यस समयमा नेपालको पुँजी बजार सुरुवाती चरणमै रहेको थियो । नेप्सेले सेयर कारोबारका लागि ट्रेडिङ फ्लोर सन् १९९४ जनवरीदेखि खुला गरेको हो ।

 
सन् २००८ को संविधान सभा निर्वाचन 
 
मुलुक गणतन्त्रमा गइसकेपछि संविधान सभाको पहिलो निर्वाचन सन् २००८ मा भएको थियो । उक्त निर्वाचनको समयमा भने नेपालको पुँजी बजारले नकारात्मक प्रतिकृया दिएको थियो । त्यसबेला निर्वाचन हुनुभन्दा ३ महिना ९८१.४३ विन्दुमा रहेको सेयर बजार निर्वाचन हुने बेलासम्म ७४६.७ विन्दुमा झरेको थियो ।

 
सन् २०१३ को संविधान सभा निर्वाचन 
 
पहिलो पटक निर्वाचित संविधान सभाबाट संविधान नबनेपछि सन् २०१३ मा देस्रो पटक संविधान सभाको निर्वाचन भएको थियो । यस निर्वाचनमा भने नेपालको पुँजी बजारले सकारात्मक गति लिएको थियो । निर्वाचन हुनुभन्दा ३ महिना अघि ५४३.७२ विन्दुमा रहेको नेप्से सूचक निर्वाचन हुने दिनमा ६३४ विन्दुमा पुगेको थियो ।


 
सन् २०१७ को आम निर्वाचन  
 
सन् २०१७ मा प्रतिनिधि सभाको निर्वाचनका समयमा नेपालको सेयर बजार पुनः तल झरेको देखिन्छ । यद्दपि, त्यसबेला पुँजी बजारको बियरिस गति सुरु भइसकेकाले पनि बजारमा गिरावट देखिएको हो । किनभने चुनावभन्दा निकै पहिलेदेखि बजार वृद्धि क्रममा रहेको थियो ।



उक्त बियरिस चक्र सकिएर गत वर्षदेखि बजार बुल रनमा रहेको छ । त्यसबेला निर्वाचन हुनु भन्दा ३ महिना अघि १६१७.८१ विन्दुमा रहेको नेप्से सूचक निर्वाचनको दिनसम्ममा घटेर १५१४.३४ विन्दुमा आएकोे थियो ।

src : nepalipaisa.com

Comments

Popular posts from this blog

SICL and SBI are Listed in NEPSE.

 

Chandragiri Hills Struggling To Maintain Overall Profitability Amid Second Wave; Look At The Report Highlights

Chandragiri Hills Limited (CGH)  has published a quarterly report for the fourth quarter of the fiscal year 2077/78. The company reported a Net Loss of 25.38 crores. Its revenue from the operation has decreased to Rs 22.15 crore till the fourth quarter of the fiscal year 2077/78 from Rs 41.30 crores of the corresponding quarter of the previous year. The revenue declined by 46.36% in this quarter. The company reported fair liquidity of 2.66 times in this quarter. Its paid-up capital stands at Rs 1.53 arba. The company reported a  negative  reserve of Rs. 39.35 crores. Its EPS stands at Rs -16.55 and net worth per share at Rs 74.35 as of the fourth quarter of the fiscal year 2077/78. Its quarter-end PB stands at 20.24 times. Click here for Q4 report: Major Highlights: Particulars Chandragiri Hills Limited Q4, 2077/2078 Q4, 2076/2077 Difference Paid-Up Capital 1,534,091.00 1,350,000.00 13.64% Reserve & Surplus -393,560.16 -139,717.39 - Plant, Property & Equipment 3,0...

Bonus Shares of Support Laghubitta and Neco Insurance Now Listed in NEPSE

 Follow us on ------------------- Facebook :  (1) Nepal Share Update | Facebook Twitter :  nepal share update (@nepalshare_) / Twitter LinkedIn :  nepal share update | LinkedIn Reddit :  (1) Nepal Share Update (u/nepalshareupdate) - Reddit Youtube :  nepal share update - YouTube