आइपीओ भर्न पर्खनु भएका लगानीकर्ताहरु ढुक्क भएर बसे हुने भएको छ । निषेधाज्ञा जारी भएसम्म कुनै पनि आइपीओ नआउने भएका छन् ।
डिम्याट लिएका मध्ये पनि तर धेरै जनाले मेरो शेयरको सुविधा नलिइएकाले पनि निषेधाज्ञा जारी भएसम्मका लागि आइपीओ निष्कासन गर्न समस्या भएको नेपाल धितोपत्र बोर्डको भनाइ छ ।
सबैले मेरो शेयर लिन नसकेकाले नेपाल धितोपत्र बोर्डले निषेधाज्ञाको समयमा बैंकमा आइभिडभाड हुने भएकाले निषेधाज्ञाभरी आइपीओ निष्कासन अनुमति नदिएको बोर्डका सह प्रवत्ता रुपेश केसीले बताए । ‘कोरोना भाइरसको संक्रमण फैलन सक्ने सम्भावना भएकाले निषेधाज्ञा भर आइपीओ जारी नगर्न भनेका छौ,’ उनले भने, ‘सबै लगानीकर्ताले मेरो शेयर लिइ नसकेकाले बैंककमा भिडभाड बढने भएकाले आइपीओ निष्कासनका लागि यस्तो समय उपयुक्त होइन भनेका छौं ।’
कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावना भएकाले मध्य भोटेकोशी जलविद्युत आयोजनाले स्थनियलाई जारी गरेको आइपीओ पनि बीचैमा रोकिएको जानकारी पनि सहप्रवत्ता केसीले दिए ।
अहिले मेरो शेयरको सुविधा लिएर आइपीओ भर्नेहरु करिव २६ लाख पुगेको सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले बताए । डिम्याट खाता खोल्नेहरु भने बिहीबार (आज) सम्म ३५ लाख ३७ हजार ४ सय ५२ पुगेका छन् । अझै पनि करिव ९ लाख ३७ हजार जतिले बैंक तथा वित्तीय संस्थामा गएर आइपीओ भर्ने गरेका छन् ।
धेरै जनाले बैंक तथा वित्तीय संस्थाबाट नै आइपीओ भर्ने भएकाले कोरोना संक्रमण फैलिने संम्भावना भएले निषेधाज्ञा जारी भएसम्मका लागि बोर्डले आइपीओ निष्कासनको लागि स्वीकृती नदिएको हो । ‘निषेधाज्ञा भर आइपीओ नल्याउन उपयुक्त हुने देखिन्छ’ बोर्डका सह प्रवत्ता केसी भने ।
तर निषेधाज्ञाको अवधिमा पनि ऋणपत्र र म्युचुअल फन्ड ल्याउनका लागि भने बोर्डले कुनै रोकतोक नगरेको केसीले बताए । ‘म्युचुअल फन्ड र डिबेन्चर सबै मेरो शेयरबाट भर्ने भएकाले पनि ल्याउनका लागि कुनै रोक लगाइएको छैन्,’ उनले भने, ‘विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसलाई मध्यनजरमा राखेर यस्तो निर्णय गरिएको हो ।’ यसबीचमा एनएमबी, प्रभुलगायतका बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र ल्याएका छन् ।
बैशाख १६ गते बिहानबाट लागु हुने गरी काठमाडौं, ललितपुर, भक्तपुर र प्रर्सा जिल्ला प्रशासन कार्यालयहरुले पहिलो पटक निषेधाज्ञा जारी गरेका थिए । त्यसपछि अन्य जिल्लामा पनि निषेघाज्ञा जारी हुँदै आएको छ । अहिले मुलुक भरका ७७ जिल्ला मध्ये करिव ७० भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी छ । यस्तो अवस्थामा आइपीओ जारी गर्दा मेरो शेयरको सुविधा नलिएकालाई समस्या हुने भएपछि बोर्डले आइपीओ जारी गर्न उपयुक्त नहुने भन्दै आइपीओ जारी गर्न रोक लगाएको हो ।
भारतमा कोरोना भाइरसको संक्रमण तिब्र रुपमा फैलिएपछि नेपालमा पनि त्यसको असर देखिएको भन्दै निषेधाज्ञा जारी गरिदै आएको छ । कहिलेसम्म यस्तो निषेधाज्ञा जारी रहने हो त्यो भने अहिलेसम्म अन्यौल नै छ । यस्तो बेलामा आइपीओ पनि नआउने भएपछि आइपीओको प्रतिक्षा गरेर बसेकाहरु ढुक्कसँग बसे हुने भएकाले छ । निषेधाज्ञा जारी भएसम्म आइपीओ नआउने बोर्डको भनाइ छ ।
सरकारले कोरोना भाइरसको चेन ब्रेक अर्थात कोरोना भाइरसको संक्रमणको फैलावट रोक्न निषेधाज्ञा जारी गर्दै आएको छ । निषेधाज्ञा जहिलेसम्म रहन्छ त्यतिलेसम्म कुनै पनि कम्पनीको आइपीओ निष्कासन पनि नहुने भएका छन् ।
via : merolagani.com
- Get link
- X
- Other Apps
- Get link
- X
- Other Apps
Comments
Post a Comment