सिईडिबि हाइड्रोपावरको आईपीओ बाँडफाँट भएकाे छ, चार जनाले भने ११ कित्ता पाएका छन्
काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ आज बाँडफाँट भएको छ । आईपीओ विक्री प्रबन्धक सन्राइज क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट गरिएको हो । क्यापिटलले कोभिडको जोखिमलार्ई ध्यानमा राखी थोरै जनाको मात्र उपस्थितिमा बाँडफाँट कार्यक्रम आफ्नो अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी आईपीओ बाँडफाँट गरेको हो ।
कम्पनीको आईपीओ २ लाख ३४ हजार १९५ जनाले १० कित्ताका दरले पाएका छन् । यी मध्य थप ४ जनाले थप एक कित्ताका दरले ११ कित्ता शेयर हात पारेका छन् । कम्पनीको आईपीओका लागि परेको आवेदनमध्य १६ लाख ८५ हजार ६२७ जनाको आवेदनमात्र योग्य भएको क्यापिटलको भनाई छ । कुल १६ लाख ९० हजार ६९ जना आवेदकमध्य ४ हजार ४४२ जनाको आवेदन रद्ध भएको छ ।
आईपिओको नतिजा सिडीएसको वेबसाइट https://iporesult.cdsc.com.np, मेरोशेयर बाट र सनराइज क्यापिटलको वेबसाइटबाट हेर्न सकिन्छ ।
कम्पनीले बैशाख १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरेको थियो । कम्पनीले रू. २५ करोड १८ लाख २३ हजार बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ सर्बसाधारणमा वितरण गरेको हो । यसमध्य कम्पनीले २ प्रतिशतका दरले ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी २३ लाख ४१ हजार ९५४ कित्ता अन्य सर्वसाधारणमा बाँडफाँट गरेको हो ।
हाल रू. ५८ करोड ७५ लाख ८७ हजार चुक्तापूँजी रहेको कम्पनीको सर्वसाधारणमा शेयर जारी बाँडफाँट पश्चात यो पूँजी रू. ८३ करोड ९४ लाख १० हजार पुगेको छ । कम्पनीद्वारा प्रबर्धित साङ्गे जलविद्युत आयोजना र राधि जलविद्युत आयोजनाले विद्युत उत्पादन गरिरहेका छन् भने तल्लो खारे खोला जलविद्युत आयोजना, दोर्दी १ जलविद्युत आयोजना र रुकुमगाडा जलविद्युत आयोजना निर्माणधिन अवस्थामा रहेका छन् । यस कम्पनीले ४५ मेगावाट क्षमताको कसुवा खोला जलविद्युत आयोजना प्रबर्धनका लागि लगानी गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा चुक्तापूँजी बृद्धि गरी रू. ८८ करोड १३ लाख ८० हजार पु¥याउने प्रक्षेपण गरेको छ । आगामी आर्थिक वर्षभित्र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रक्षेपण कम्पनीको रहेको छ । आर्थिक वर्ष ०७६/७७ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. १३८ दशमलव ७९ रहेको छ । सोही प्रतिशेयर नेटवर्थको आधारमा कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले तीन गुणासम्मको लागि मूल्य तोक्नेछ । via:aarthiknews.com
This is Part 1 of the NEPSE beginners guide series. The series is aimed to help new investors to learn the basics of investing in Nepal's capital market. Part 1 of this series revolves around the primary market. Part 2 discusses the secondary market in detail. Primary Market Before CDSC launched MeroShare, the process to buy any Initial Public Offering(IPO) was by buying the application form from the company's capital or company and submitting it through the designated offices within the stipulated time with the required information. Though only a few people were aware of this, there used to be a long line of people, after getting their turn waiting for hours in the queue, it was customary to submit a form by depositing a Cheque or amount equal to the amount one applied for. After accepting the form, Capital would send a slip, in which the serial number and all the details of the application were included. It was a long time-consuming and out...
Nagarik Stock Dealer Company Limited has called its 2nd AGM on 23rd Poush, 2078. The meeting will be held in the company hall in New Baneshwor, Kathmandu, starting at 3: 30 pm that day. These are the general agendas of the meeting: 1) Endorsement of financial reports for the fiscal year 2077/78. 2) Endorsement of annual reports presented by the chairman. 2) Appointment of auditor for the fiscal year 2078/79 and approval of their compensation. 3) Appointment/ Election of Board Members from the promoters. 4) Decision of directorial fees and allowances. Apart from these general agendas, there is also a special agenda to issue an IPO. The company wishes to issue a total of 1.5 crores shares to the general public. This will raise Rs. 1.5 Arba for the company, which is 30% of the issued capital. source:sharesansar.com
Comments
Post a Comment