Skip to main content

के हाे शेयर भनेकाे?




कम्पनीको पुँजी वा स्वामित्वलाई धेरै इकाइमा विभाजन गरि लगानीकर्ताहरुलाई विक्रि गरिन्छ । यसरी कम्पनीको पुँजीको विभाजीत इकाइको दस्तावेजलाई सेयर भनिन्छ
 । कम्पनीको लागि पूँजि जम्मा गर्नको लागि सेयर जारी गरिन्छ तथा यो दस्तावेज राख्ने व्यक्तिलाई सेयरधनी भनिन्छ । सेयर भनेको अर्को अर्थमा कम्पनीको पूँजिको अदृश्य इकाइ हो, जसमा कम्पनी तथा सेयरधनी विच करार हुने गर्दछ । 

सेयरमा लगानी गरे वापत सेयरधनीहरूले प्रत्येक वर्ष कम्पनीको वित्तीय कार्य सम्पादन वा मुनाफाको आधारमा लाभांस प्राप्त गर्ने गर्दछ । कुनै पनि कम्पनीले गरेको व्यवसायबाट नाफा वा घाटा हुन्छ । आफुले गरेको लगानीको अनुपातमा उक्त घाटा वा नाफा दुवैको हिस्सेदार हुन मञ्जुर भई गरिएको लगानीको अंश सेयर हो । 


सेयरको प्रकार

अग्राधिकार सेयर
साधारण सेयर
बोनस सेयर


अग्राधिकार सेयर
कुनै पनि कम्पनी दर्ता गर्दा कम्पनी दर्ता गर्नेहरुले कम्पनी रजिष्टार्डको कार्यालयमा कम्पनीको पुँजीको संरचना र कम्पनीको अधिकृत पूँजीको स्वीकृति लिनुपर्ने हुन्छ । अधिकृत पुँजी भनेको जम्मा कम्पनीको स्वीकृत बजेट हो । जस्तो कि १ अर्ब पुँजीको एउटा बैंक वा जलबिद्युत आयोजना सञ्चालन गर्ने कम्पनी भनियो भने त्यो अधिकृत पूँजी हो । तर त्यो १ अर्बमध्ये कम्पनीको सुरुवात गर्नेहरुले ३० करोड हाल्ने, ३० करोड बैंकबाट ऋण खोज्ने र ४० करोड सर्बसाधारण जनताबाट उठाउने भनेर स्वीकृति गराईयो भने त्यो रकम उठाउने अनुपात पुँजीको संरचना हो । यसरी पुँजीको संरचना स्वीकृति गरेपछि सबैभन्दा पहिला कम्पनीको सुरुवात गर्नेहरुले आफुले कबुल गरेको रकम बराबरको सेयर हाल्छ त्यसलाई संस्थापक सेयर वा अग्राधिकार सेयर भनिन्छ । कुनै कारणले कम्पनी चल्न सकेन र बिगठन गर्नु परे ऋण रकमपछि यो सेयरको भुक्तानी पहिला फिर्ता हुन्छ यसमा निश्चित स्थिर बोनस हुन्छ । संचालक समितिमा यो सेयरधनीको बहुमत रहनेगरी सञ्चालक समिति गठन हुन्छ । 


साधारण सेयर
संस्थापकहरुले संस्थापक सेयर हालिसकेपछि कम्पनी चलाउन लगानी जुट्ने वातावरण सृजना हुन्छ । त्यसपछि मात्र ऋण खोजिन्छ र साधारण सेयर जारी गरिन्छ । साधारण सेयर तपाई हामी सर्बसाधारण जनताबाट उठाईएको सेयर हो । सामान्यतया १ कित्ता सेयरको मुल्य रु.१०० हुन्छ । सामान्यतया सर्बसाधारणलाई ५० कित्तादेखि माथि सेयर हाल्ने अवसर दिईन्छ । कम्पनी विघटन गर्दा अन्तिममा नाफा र घाटा सबै लिने सेयर साधारण सेयर हो ।सेयर जारी गर्नुअघि कम्पनीहरूले नेपाल धितोपत्र बोर्डमा दर्ता गर्नुपर्ने हुन्छ । त्यस्तै, कम्तीमा ३ करोड रुपैयाँभन्दा बढी रकमको सेयर सर्वसाधारणमा निष्कासन गर्दा इक्रा नेपालबाट पनि रेटिङ गराउनुपर्छ । यी दुई संस्थाको वेबसाइटबाट पनि कुन कम्पनीको सेयर आउँदै छ भन्नेबारे लगानीकर्ताले जानकारी लिन सक्छन् ।


बोनस सेयर
कम्पनीको विद्यमान सेयरधनीहरूलाई विना कुनै मूल्य वितरण गरिने सेयर लाई बोनस सेयर ( Bonus Share) भनिन्छ । यस्तो सेयर कम्पनीको मुनाफा वा बाड्न योग्य मुनाफाको रकमबाट बाड्ने गरिन्छ । 

Comments

Popular posts from this blog

SICL and SBI are Listed in NEPSE.

 

Chandragiri Hills Struggling To Maintain Overall Profitability Amid Second Wave; Look At The Report Highlights

Chandragiri Hills Limited (CGH)  has published a quarterly report for the fourth quarter of the fiscal year 2077/78. The company reported a Net Loss of 25.38 crores. Its revenue from the operation has decreased to Rs 22.15 crore till the fourth quarter of the fiscal year 2077/78 from Rs 41.30 crores of the corresponding quarter of the previous year. The revenue declined by 46.36% in this quarter. The company reported fair liquidity of 2.66 times in this quarter. Its paid-up capital stands at Rs 1.53 arba. The company reported a  negative  reserve of Rs. 39.35 crores. Its EPS stands at Rs -16.55 and net worth per share at Rs 74.35 as of the fourth quarter of the fiscal year 2077/78. Its quarter-end PB stands at 20.24 times. Click here for Q4 report: Major Highlights: Particulars Chandragiri Hills Limited Q4, 2077/2078 Q4, 2076/2077 Difference Paid-Up Capital 1,534,091.00 1,350,000.00 13.64% Reserve & Surplus -393,560.16 -139,717.39 - Plant, Property & Equipment 3,0...

Bonus Shares of Support Laghubitta and Neco Insurance Now Listed in NEPSE

 Follow us on ------------------- Facebook :  (1) Nepal Share Update | Facebook Twitter :  nepal share update (@nepalshare_) / Twitter LinkedIn :  nepal share update | LinkedIn Reddit :  (1) Nepal Share Update (u/nepalshareupdate) - Reddit Youtube :  nepal share update - YouTube