Skip to main content

Posts

Showing posts from May, 2021

हकप्रद निष्काशनको लागि एचआईडिसिएलले बुक क्लोज मिति तोक्यो

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) ( HIDCL ) ले हकप्रद प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनी सञ्चालक समितिको जेठ १५ गते बसेको बैठकले हकप्रद प्रयोजनको लागि जेठ २८ गते बुक क्लोज गर्ने भएको हो । त्यस अनुसार जेठ २७ गते सम्म कायम शेयरधनीले मात्रै कम्पनीको हकप्रदमा आवेदन दिन सकिनेछन् । कम्पनीले १ बराबर १ अनुपातमा प्रति कित्ता १०० अंकित दरका ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको छ । हाल कम्पनीले हकप्रद निष्काशन गर्ने मिति भने तय गरेकाे छैन् । हकप्रद निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले जेठ ९ गते आइतबार अनुमति दिएको थियो । कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । src:merolagani.com  

नेपाल टेलिकमको २२% सेयर सेवाग्राहीलाई बिक्री गरिने

काठमाडौं : सरकारले नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को २२% सेयर ग्राहकहरुलाई बिक्री गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटमार्फत टेलिकमको २२% सेयर सेवा प्रयोग गर्ने प्राकृतिक व्यक्तिहरुमा विनिवेश गर्ने घोषणा गरेका हुन् । टेलिकमको स्वामित्व र प्रतिफलमा सेवाग्राहीको पहुँच विस्तार गर्न कम्पनीको मोबाइल, ल्यान्डलाइन र इन्टरनेट प्रयोग गर्ने प्रकृतिक व्यक्तिहरुलाई सेयर विनिवेश गर्न लागिएको अर्थमन्त्रीले भनेका छन् ।  हाल सेवा प्रयोग गरिरहेका र २०७८ पुस मसान्तसम्म थप हुने ग्राहकहरुले सेयर खरिदमा समावेश हुन सक्नेछन् । कम्पनीको सेयर विनिवेश सम्बन्धी विस्तृत प्रक्रिया र सेयर मूल्यको विवरण आगामी असोज मसान्तभित्र तय गरिने अर्थमन्त्रीले जानकारी गराएका छन् । सेयर खरिदमा प्रकृतिक व्यक्तिमात्र सहभागी हुन सक्नेछन् ।

एक वर्षभन्दा कम अवधिमा शेयर बेच्नेलाई साढे सात प्रतिशत कर

आगामी आर्थिक वर्षको बजेटले अल्पकालीन र  दीर्घकालीन लगानीकर्तालाई छुट्याइदिएको छ। बजेटले अल्पकालीन लगानीकर्तालाई बढी कर र दीर्घकालीन लगानीकर्तालाई कम कर लाग्ने व्यवस्था गरेको छ। बजेटले खरिद गरेको एक वर्षभन्दा कम अवधिमा शेयर बिक्री गर्ने लगानीकर्तालाई साढे सात प्रतिशत र एक वर्षभन्दा धेरै अवधिको लागि शेयर शेयर होल्ड गरी बिक्री गर्ने लगानीकर्तालाई यसअघिकै ५ प्रतिशत पूँजीगत लाभगर लाग्ने व्यवस्था गरेको छ।

१६ खर्ब ४७ अर्ब ५७ करोडको वजेट प्रस्तुत, के के छन् बजेटमा पूर्णपाठ हेर्नुहोस

  सरकारले आगामी आर्थिक वर्षकोलागि सरकारले कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ वजेट विनियोजन गरेको छ ।  सरकारले चालु तर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड रुपैयाँ पूँजीगत तर्फ ३ खर्ब ४७ अर्ब २६ करोड छुट्याएको छ। प्रस्तुत वजेटको पूर्णपाठ हेर्नुहोस   आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू , कोभिड-१९ महामारीले सिर्जना गरेको हाम्रो जीवनकालकै सर्वाधिक चुनौतीपूर्ण परिस्थितिको सामना गर्दै नागरिकको जीवन रक्षा गर्न र अर्थतन्त्रलाई गतिशील तुल्याउँदैपुनरूत्थानगर्न सकिन्छ भन्‍ने दृढविश्‍वासकासाथ म आर्थिक वर्ष २०७८/0७९ को आयव्ययको विवरण सार्वजनिक गर्न उपस्थित भएको छु। संविधानको व्यवस्था बमोजिम प्रतिनिधिसभा विघटन भएको हुनाले राजस्व र व्ययको अनुमान संघीय संसदमा पेश गर्न सम्भव भएन।सम्माननीय राष्‍ट्रपतिज्यूबाट विनियोजन अध्यादेश,आर्थिक अध्यादेश र राष्‍ट्रऋण उठाउने अध्यादेश जारी भइसकेका छन्।यीकानूनहरूमा उल्लिखित मुलभूत विषय आयव्ययको वक्तव्यमा समावेश गरेको छु । सन् 2020 को प्रारम्भमा देखापरेको कोभिड-19 महामारीले हाम्रो विकास र समृद्धिको यात्रालाई गम्भीर रुपमा प्रभावित गरेकोछ।कोभिड महामारी र सोको रोकथाम र नियन...