Skip to main content

बैंकहरुले सस्तो ब्याजदरमा नै ऋण दिने

 कोरोना भाइरसको संक्रमण बढ्दै गएका कारण बैंकहरुमा लगानीयोग्य रकम थुप्रिन थालेपछि सस्तो ब्याजदरमा नै ऋण दिन थालेका छन् । बैंकहरुले लामो समयका लागि ऋणको ब्याजदरलाई यथावत राखेपनि अल्पकालिनका लागि सस्तोमा ऋण दिन थालेका हुन् ।


बैंकहरुले असारमसान्त भित्र नै सावाँ ब्याज भुक्तानी गर्ने सर्तमा शेयरधितो कर्जामा ७ प्रतिशत ब्याजदरमा नै ऋण दिन थालेका छन् । यसअघि बैंकहरुले ८ देखि १० प्रतिशत ब्याजदरमा ऋण दिँदै आएका थिए ।

त्यतिकै रकम बस्नु भन्दा ब्याजदर कम ब्याजदरमा नै भएपनि बैंकहरुले ऋण दिन थालेका हुन् । यसले गर्दा शेयर बजारमा नयाँ रेकर्ड बढाउँदै अघि बढेको बताइन्छ । अहिले नेप्से २८१५ अंकमाथि पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर शेयर खरिद गर्न थालेकाले पनि नेप्सेले दैनिक नयाँ रेकर्ड कायम गर्दै गएको छ । कारोबार रकम पनि त्यसरी नै नयाँ उचाइ लिइरहेको छ । बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी १४ अर्ब ७६ करोडको कारोबार भएको छ ।



दोस्रो चरणको कारोना भाइरस संक्रमण फैलनु अघि लगानी गर्ने पैसाको अभाव हुने अवस्थामा पुगेका अधिकांश वाणिज्य बैंकहरुमा अहिले लगानीयोग्य पुँजी (तरलता) पर्याप्त हुन थालेपछि ऋणको ब्याजदर कम गरेरै ऋण लगानी गर्न थालिएको छ । तर, बैंकहरुले घोषित रुपमा नै ब्याजदर घटाएको सूचना भने सार्वजनिक गरेका छैनन् ।

पहिलेदेखि नै ऋण लिएर कारोबार गर्ने र समयमा नै तिर्ने ऋणीहरुलाई ‘गुड् कष्टमर’ भन्दै बोलाएरै सस्तो ब्याजदरमा ऋण दिन थालेका हुन् । दोस्रो चरणको कोरोना भाइरस संक्रमणपछि बैंकमा निक्षेप बढेको छ । तर निक्षेपको तुलनामा ऋण लगानीमा भने शिथिलता आएको छ । त्यसले गर्दा पनि बैंकहरु सस्तो ब्याजदरमा ऋण दिन बाध्य भएका हुन् ।

राष्ट्र बैंकका प्रवत्ता देवकुमार ढकालले अहिले वित्तीय प्रणालीमा ५४ अर्ब रुपैयाँ अधिक तरलता भएको बताए । यो बैंक तथा वित्तीय संस्थाले राख्नु पर्ने अनिवार्य नगद मौज्दात (सीआरआर) बाहेकको रकम हो ।

सरकारले पूँजीगत खर्च आर्थिक वर्षको अन्त्यमा अझ बढाउने र त्यसले बैंकिड. प्रणालीमा लगानीयोग्य रकम झनै बढ्ने भएकाले पनि अल्पकालीन ऋणका लागि ब्याजदर घटाएर ऋण लगानी गर्न थालेका हुन् । तर, दीर्घकालीन लगानी जस्तो जलविद्युत् आयोजना, पूर्वाधार निर्माणलगायतमा भने ऋणको माग अहिले नआएको र ऋणको ब्याजदर पनि नघटाइएको बैंकहरुको भनाइ छ ।

तरलता अभावले ऋण दिन नसक्ने अवस्थामा पुग्न लागेका बैंकहरु दोस्रो चरणको कोरोना भाइरसको संक्रमण बढेसँगै ऋण लगानी हुन छाडेपछि ब्याजदर घटाएरै भएपनि ऋण दिने अवस्थामा पुगेका हुन् ।

सरकारको ढुकुटीमा थन्किएर बसेको रकम खर्च हुन थालेपछि अधिक तरलता हुन थालेको एक बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए । ‘कोरोना भाइरस र सरकारी खर्च पनि बढ्दै गएका कारण अधिक तरलता हुँदै गएको छ,’ उनले भने, ‘अहिले ऋण दिनका लागि प्रयाप्त रकम छ ।’


बैंकहरुले ऋणको ब्याजदर औपचारिक रुपमा नै अब घटने अवस्थामा पुगेको उनले बताए । ‘असारबाट ऋणको ब्याजदर घोषित रुपमा नै घटाउने सम्भावना छ,’ उनले भने, ‘अब ब्याजदर क्रमशः घट्दै जान्छ ।’

नेपाल राष्ट्र बैंकका अधिकारीहरु पनि लगानीयोग्य रकम थुप्रिन थालेको स्वीकार गरे । ‘असारमा त लगानीयोग्य पुँजी छ्यालब्याल नै हुन्छ,’ उनले भने, ‘अहिलेदेखि नै तरलता अभाव घट्दै गएको छ । सरकारले विकास खर्च बढाउँदै गएकोले पनि लगानीयोग्य पुँजी प्रयाप्त हुन थालेकोे हो ।’ स्थानीय निकायमा भएको पनि खर्च हुने भएकाले तरलताको अवस्थामा सुधार आउँदै गएको हो ।

अहिले बैंकले मुद्धती निक्षेपमा ६.५ प्रतिशतसम्म ब्याज दिँदै आएका छन् । साधारण बचत खातामा भने १.५ देखि ५ प्रतिशत ब्याजदरमा निक्षेप संकलन गर्दै आएका छन् । त्यो रकम ८ देखि १० प्रतिशतसम्ममा लगानी गरिरहेका छन् ।

चालु आर्थिक वर्ष सकिन लागेकाले पनि सरकारी ढुकुटीमा रहेको रकम विकास निर्माणका लागि खर्च हुने र त्यसरी खर्च भएको रकम बैंकिङ प्रणालीमा आउने भएकाले लगानीयोग्य पुँजीको अभाव नहुने नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए ।

दोस्रो चरणको कोरोना भाइरस संक्रमण हुनु अघि पुँजी अभावले बैंकमा कर्जा लिन आउनेहरु रित्तो हात फर्कन पर्ने स्थिति आएको थियो । बैंकमा दैनिक ऋणको माग पनि बढ्दै गएको र त्यसको अनुपातमा निक्षेप संकलन नभएपछि तरलता अभाव चर्किएको थियो ।

तर, अहिले त्यस्तो अवस्थाको अन्त्य भएको छ । ‘अहिले बैंक ऋण दिन सक्ने अवस्थामा पुगेका छन्,’ एक बैंकरले भने, ‘धेरै बैंकको कर्जा–पुँजी–निक्षेप अनुपात (सिसिडी रेसियो) ७९ प्रतिशतभन्दा तल आइपुगेको छ, यसअघि अधिकांश बैंकको ८० प्रतिशत माथि पुगेको थियो ।’ सिसिडी रेसियो ८५ प्रतिशत भन्दा माथि पु¥याए राष्ट्र बैंकले कारबाही गर्ने गर्छ ।

अहिले बैंकहरुमा लगानी योग्य पुँजी बढेको छ । बैंकहरु मन फुकाएर लगानी गर्न सक्ने अवस्थामा पुगेका छन् ।

‘पहिले कर्जाभन्दा निक्षेप बढाउने अभियानमा लागेका बैंकहरु अहिले कर्जा लगानी बढाउन थालेका छन्,’ उनले भने, ‘बचत र मुद्दती निक्षेप तान्न अस्वस्थ प्रतिस्पर्धामा लागेका बैंकहरु अहिले ब्याजदर घटाउँदै ऋण लगानी गर्न पुगेका छन् ।’

जेठ ७ गतेसम्म बैंकहरुमा ३९ खर्ब ६१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । उक्त अवधिसम्म बैंकहरुले कर्जा लगानी ३६ खर्ब १६ अर्ब लगानी गरेका छन् ।


src:merolagani.com

Comments

Popular posts from this blog

NEPSE Investing Guide for Beginners | All About Primary Market and IPO

This is Part 1 of the NEPSE beginners guide series. The series is aimed to help new investors to learn the basics of investing in Nepal's capital market.  Part 1 of this series revolves around the primary market. Part 2 discusses the secondary market in detail. Primary Market Before CDSC launched MeroShare, the process to  buy any  Initial Public Offering(IPO)  was by buying the application form from the company's capital or company and submitting it through the designated offices within the stipulated time with the required information.  Though only a few people were aware of this, there used to be a long line of people, after getting their turn waiting for hours in the queue, it was customary to submit a form by depositing a Cheque or amount equal to the amount one applied for. After accepting the form, Capital would send a slip, in which the serial number and all the details of the application were included. It was a long time-consuming and out...

दोर्दी खोला जलविद्युतले जेठ २६ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ ।

  Follow us on ------------------- Facebook :  (1) Nepal Share Update | Facebook Twitter :  nepal share update (@nepalshare_) / Twitter LinkedIn :  nepal share update | LinkedIn Reddit :  (1) Nepal Share Update (u/nepalshareupdate) - Reddit Youtube :  nepal share update - YouTube

Chandragiri Hills Struggling To Maintain Overall Profitability Amid Second Wave; Look At The Report Highlights

Chandragiri Hills Limited (CGH)  has published a quarterly report for the fourth quarter of the fiscal year 2077/78. The company reported a Net Loss of 25.38 crores. Its revenue from the operation has decreased to Rs 22.15 crore till the fourth quarter of the fiscal year 2077/78 from Rs 41.30 crores of the corresponding quarter of the previous year. The revenue declined by 46.36% in this quarter. The company reported fair liquidity of 2.66 times in this quarter. Its paid-up capital stands at Rs 1.53 arba. The company reported a  negative  reserve of Rs. 39.35 crores. Its EPS stands at Rs -16.55 and net worth per share at Rs 74.35 as of the fourth quarter of the fiscal year 2077/78. Its quarter-end PB stands at 20.24 times. Click here for Q4 report: Major Highlights: Particulars Chandragiri Hills Limited Q4, 2077/2078 Q4, 2076/2077 Difference Paid-Up Capital 1,534,091.00 1,350,000.00 13.64% Reserve & Surplus -393,560.16 -139,717.39 - Plant, Property & Equipment 3,0...