Skip to main content

के मा लगानी गर्ने बजार उच्च विन्दुमा भएको बेला र यलगानी गर्नु कतिको उचित छ त?

 बजार उकालो लाग्नु सँधै सबैको लागि राम्रो हो, तर एक बलियो स्टक मार्केटले लगानीकर्ताहरुलाई नर्भस बनाउँछ। सामान्यतयाः जुन कुरा माथि जान्छ, त्यो तल आउँछ भन्ने सोचले मानिसहरुलाई चिन्तित बनाउँछ र नयाँ उचाइमा पुगेको बजार पनि तल झर्छ।



तपाईले सुन्न भएको होला, घटेको बेला किन्नु र कमजोर बजारलाई किन्ने अवसरको रुपमा हेर्न आफैलाई प्रशिक्षण दिनु भएको हुनसक्छ। त्यसैले, जब बजार बढ्दै जान्छ, तब के गर्ने त?

दीर्घकालिन लगानीकर्ताहरुका लागि यसको उत्तर, ‘जे पहिले गरिरहेका थियौँ त्यही’ जबसम्म तपाई स्मार्ट लगानीको अभ्यास गरिरहनु भएको छ।

तर, पहिले नै यति प्रष्ट हुनुहोस् कि, चिजहरु जुनसुकै बेलामा गलत हुन सक्छन्, त्यसैले निर्णय लिनु अघि सावधानी अपनाउनुहोस्।

भीडलाई पछ्याउन छोड्नुहोस्

‘विरोधाभासी’ त्यस्ता लगानीकर्ता हुन् जो भिड मानसिकताबाट बच्न रुचाउँछन्। जब विरोधाभासीहरु सबै डराएको देख्छन्, सन् २००८ मा जस्तै, उनीहरु सोच्छन् कि यो पनि तर्छ र त्यस्तो समयमा झन् धेरै स्टक खरिद गर्दछन्। उनीहरु ‘स्टक मार्केटमा सेल लागेको छ’ वा त्यस्तै केही भन्छन्।

ऐतिहासिक रुपमा, जब लगानीको कुरा आउँछ, तब ‘भावनामा बगेको झुण्ड मानसिकतामा सहभागि हुनु हुँदैन’ भन्ने कुरा सहयोगी सावित हुँदै आएको छ।

बजार उकालो लागेको बेला पनि यस्तो मानसिकता खतरनाक हुन्छ। १९९९ को टेक बुम वा अन्य बबलहरुमा धेरै लगानीकर्ताहरुले धेरै पैसा गुमाइसकेका छन्।

जब तर्कहीन उत्साहजस्तो भावनाहरुले बजारलाई डो¥याउँछ, तब सावधानीपूर्वक अघि बढ्नु पर्छ। तर, बजारलाई सँधै भावनाले मात्र डो¥याउँछ भन्ने छैन। कहिलेकाही, स्टक मार्केट बढ्छ किनभने स्टकहरु मूल्यवान् हुन्छन्ः नाफा बढ्छ र कम्पनीको दीर्घकालिन पक्षहरु राम्रा हुन्छन्।

बजार दीर्घकालसम्म उकालो लाग्नु पर्दछ। वर्षौँदेखि यही चलि आएको छ, धेरै उतारचढाव सहित। उच्च प्रतिफलको लागि त्यो सानो झट्का नै हामीले स्टक मार्केटबाट गर्ने अपेक्षा हो। जबसम्म हामी पैसालाई जोखिममा हाल्दैनौँ, तबसम्म उच्च प्रतिफलको अपेक्षा गर्न सक्दैनौँ।

सन् १९९५ देखि २०१५ को अन्त्यसम्ममा, एस एण्ड पी ५०० मा गरिएको लाभांश पुनर्लगानीले औषतमा वार्षिक ९.५ प्रतिशत प्रतिफल दिएको थियो। साँच्चै नै, हामीलाई थाहा छैन कि भविष्यले के ल्याउँछ र विगतको कर्मले भविष्यलाई निर्धारित गर्ने कुनै सुनिश्चित छैन। त्यो ‘वार्षिक औषत’ प्रतिफलमा ती सबै वर्ष समावेश हुन्छ जसमा लगानीकर्ताले घाटा पनि व्यहोरोको हुन्छ नाफा पनि कमाएको हुन्छ। यहाँ कुनै निश्चित वर्ष छैन जसमा बजारले ठ्याक्कै ९.५ प्रतिशत प्रतिफल दिएको छ।
वित्तीय अभावलाई नियाल्न चाहनुहुन्छ? सन् २००७ को सेप्टेम्बरदेखि २०१५को अन्त्यसम्ममा बजारले करिब ६.१४ प्रतिशत प्रतिफल दिइरहेको थियो। आँखामा धारिलो लट्ठीले घोच्नुभन्दा ‘चुचुरो’ मा खरिद गर्नु राम्रो, यद्यपि, सन् २००८ को उतारचढाव भने नराम्रो अनुभव थियो।

आफुले आफैलाई सोध्नपर्ने प्रश्नहरु

१) के तपाई दीर्घकालिन लगानीकर्ता हो? के तपाई १० वर्ष वा सोभन्दा बढी समयका लागि लगानी गर्दै हुनुहुन्छ?

२) के तपाई कुनै पनि वस्तु आधारभूत अवस्था परिवर्तन हुँदैन भन्ने कुरामा विश्वास गर्नुहुन्छ? के तपाई आगामी दिनमा बजार बढेको भन्दा अझ माथि जान्छ भन्ने सोच्नुहुन्छ?

यदी यी दुबै प्रश्नहरुको उत्तर ‘हो’ हो भने तपाई दीर्घकालिन लगानीकर्ता हुनुहुन्छ। त्यसोभए तपाईले कसरी लगानी गर्नुपर्छ? बजारलाई बेवास्ता गर्दै हुनुहुन्छ भने त्यसरी नै लगानी गर्दै जानुस्।

अवस्था सामान्य हुन कुर्ने

जब तपाईलाई स्टक मार्केट बबल जस्तो लाग्छ, तब लगानी गर्न ढिलाई गर्नुहोस् र अवस्था सामान्य हुने प्रतिक्षा गर्नुहोस्। दुर्भाग्यवश त्यो सही तरिकाले गर्नु करिब असम्भव छ। तपाई दुई कुरामा सही हुनुपर्छ जुन निकै सही हुन निकै कठिन छ।

१) यो नै उच्च विन्दुमा हो र आगामी दिनमा क्र्यास हुन्छ भन्ने निश्चित हुनुपर्यो

२) ठिक तल्लो विन्दुमा खरिद गर्ने र कहिले प्रवेश गर्ने भन्ने थाहा हुनुपर्छ।

यदि तपाई दीर्घकालिन लगानीकर्ता भए, यो गाह्रो मात्र होइन एकदमै गाह्रो छ र असंख्य मार्केट साइकलहरुमा सफल हुने सम्भावना निकै न्यून छ। तपाई एक वा दुई पटक भाग्यमानी हुन सक्नुहुन्छ तर नहुन पनि सक्नुहुन्छ। विभिन्न अध्ययनहरुले देखाएको छ कि हरेक वर्ष उच्च विन्दुमा लगानी गर्नु नराम्रो होइन। अवश्य पनि तपाईले केही कम कमाउनु होला तर अन्य भन्दा राम्रै गर्नुहुन्छ। र तपाई त्यसरी नै लगानी गर्नुहुन्छ जसरी तपाईले योजना बनाउनु भएको छ।

चर्चित लगानीकर्ता पिटर लिन्चले भनेका छन्, ‘लगानीकर्ताहरुले करेक्सनमा भन्दा पनि करेक्सनको लागि तयारी गर्दा गर्दै धेरै पैसा गुमाइसकेका छन्।’ (अप्रेच फाइनान्सियलबाट अनुवादित)


src:merolagani.com

Comments

Popular posts from this blog

SICL and SBI are Listed in NEPSE.

 

Bonus Shares of Support Laghubitta and Neco Insurance Now Listed in NEPSE

 Follow us on ------------------- Facebook :  (1) Nepal Share Update | Facebook Twitter :  nepal share update (@nepalshare_) / Twitter LinkedIn :  nepal share update | LinkedIn Reddit :  (1) Nepal Share Update (u/nepalshareupdate) - Reddit Youtube :  nepal share update - YouTube

Nagarik Stock Dealer Plans to Issue IPO for 1.5 Crore Shares

Nagarik Stock Dealer Company Limited   has called its 2nd AGM on 23rd Poush, 2078. The meeting will be held in the company hall in New Baneshwor, Kathmandu, starting at 3: 30 pm that day. These are the general agendas of the meeting: 1) Endorsement of financial reports for the fiscal year 2077/78. 2) Endorsement of annual reports presented by the chairman. 2) Appointment of auditor for the fiscal year 2078/79 and approval of their compensation. 3) Appointment/ Election of Board Members from the promoters. 4) Decision of directorial fees and allowances. Apart from these general agendas, there is also a special agenda to issue an IPO. The company wishes to issue a total of 1.5 crores shares to the general public. This will raise Rs. 1.5 Arba for the company, which is 30% of the issued capital. source:sharesansar.com