Skip to main content

नेपाल टेलिकमका सिम प्रयोगकर्ताले पनि अब एसएमएसबाटै शेयर बजारकाे जानकारी लिन सक्ने

 नेपाल टेलिकमका सिम प्रयोगकर्ताले पनि अब एसएमएसको माध्यमबाट शेयर बजार सम्बन्धी जानकारी लिन सक्ने भएका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को वेवसाइट र  विभिन्न समाचार माध्यमको विकल्पमा आफुले लिन चाहेको शेयरबजार सम्वन्धि जानकारी एसएमएसबाट पनि प्राप्त गर्न सक्ने भएका हुन ।


शेयर बजारका लगानीकर्ता इन्टरनेटको पहुँच भन्दा बाहिर रहेको अवस्थामा पनि शेयर सम्वन्धि जानकारी लिन सकिने गरी यो सेवा प्रदान गरिएको  छ ।

मेराे लगानीले शुरू गरेकाे एसएमएस सेवाबाट ग्राहकले शेयर बजारमा हाल जारी भइरहेका प्राथमिक निष्काशन तथा निकट भविष्यमा निष्काशन हुने तयारीमा रहेका (आईपीओ, एफपिओ, म्युचुअल फण्ड, डिबेञ्चर) हकप्रद, शेयर बजारमा कारोबार भएको आधारमा बजारको समीक्षा (नेप्सेको घटबढ, कारोबार कम्पनी, संख्या र रकम) तथा नाफा कमाउने र गुमाउने कम्पनीहरुको जानकारी समेत पाउने छन् ।

 

कसरी लिने सेवा ?

हाल मेरोलगानी एसएमएस अर्लट्स योजना अन्तर्गतका सेवाहरु एनसेल र नेपाल टेलिकम दुवैबाट लिन सकिने छ । यसअघि एनसेलबाट मात्रै यस्तो सेवा लिन सकिने भएपनि अब नेपाल टेलिकमबाट पनि एसएमएस सेवा सुरु गरिएको छ ।


नेपाल टेलिकमका सिम प्रयोगकर्ताले *३१०५१*२# डायल गरी एसएमएस सेवा लिन सक्नु हुने छ । एसएमएस सेवामा आईपीओ, एफपिओ, म्युचुअल फण्ड, डिबेञ्चर लगायतकाे बारेकाे  जानकारी तुरून्त प्राप्त गर्न सक्नु हुने छ । साथै कम्पनीका साधारण सभा, राइट शेयर, बाेनस सेयर र लाभांशकाे बारेमा पनि तुरून्तै सूचना पाउनु हुने छ ।

पाेडकास्टमा शेयर बजारका सूचना,समाचारमात्र हाेइन बजार सकिएपछि त्यही दिनकाे  बजारबारे गरिएकाे छलफल पनि सुन्न सक्नु हुने छ ।

जसका लागि यहाँले  एसएमएस अर्लट्सकाे हप्ताको २० रुपैयाँ र पाेडकाष्ट सुन्न पनि हप्ताकाे  २० रुपैयाँ नै तिनुपर्ने हुन्छ ।


 

त्यसैगरी एनसेल सिम प्रयोगकर्ताले एसएमएस अर्लट्स योजना अन्तर्गतका सेवा लिन *१७१७४# डायल गर्नुपर्ने छ । जसमा एनसेल प्रयोगकर्ताले एसएमएस सेवा तीन दिनको लागि १० रुपैयाँ, साप्ताहिक सेवाका लागि २६ रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

 via:merolagani.com

Comments

Popular posts from this blog

SICL and SBI are Listed in NEPSE.

 

Bonus Shares of Support Laghubitta and Neco Insurance Now Listed in NEPSE

 Follow us on ------------------- Facebook :  (1) Nepal Share Update | Facebook Twitter :  nepal share update (@nepalshare_) / Twitter LinkedIn :  nepal share update | LinkedIn Reddit :  (1) Nepal Share Update (u/nepalshareupdate) - Reddit Youtube :  nepal share update - YouTube

Nagarik Stock Dealer Plans to Issue IPO for 1.5 Crore Shares

Nagarik Stock Dealer Company Limited   has called its 2nd AGM on 23rd Poush, 2078. The meeting will be held in the company hall in New Baneshwor, Kathmandu, starting at 3: 30 pm that day. These are the general agendas of the meeting: 1) Endorsement of financial reports for the fiscal year 2077/78. 2) Endorsement of annual reports presented by the chairman. 2) Appointment of auditor for the fiscal year 2078/79 and approval of their compensation. 3) Appointment/ Election of Board Members from the promoters. 4) Decision of directorial fees and allowances. Apart from these general agendas, there is also a special agenda to issue an IPO. The company wishes to issue a total of 1.5 crores shares to the general public. This will raise Rs. 1.5 Arba for the company, which is 30% of the issued capital. source:sharesansar.com